३४ औं साताका विजेता शेर्पालाई पुरस्कार वितरण

३४ औं साताका विजेता शेर्पालाई पुरस्कार वितरण

काठमाडौं: 'जहाँ छ सपना, त्यहाँ हुन्छ अन्नपूर्ण पोष्ट' नारासहितकको वार्षिक ग्राहक योजना: अन्नपूर्ण पोष्ट ओएमजी प्रत्येक हप्ता ग्राहकलाई खुशी दिँदै आएको छ। वार्षिक योजना अन्तर्गत ३४ औँ साताका विजेता भोजपुर संखुवासभा दाकिमा शेर्पाका प्रतिनिधि दावा तेन्जिंग शेर्पालाई शुक्रबार पुरस्कार प्रदान गरिएको छ।

विजयी ग्राहकलाई शेर्पालार्इ अन्नपुर्ण पोस्टको कार्यालयमा एक कार्यक्रमकाबीच डिस मिडिया नेटवर्कका महाप्रबन्धक कल्याण अधिकारीले पुरस्कार हस्तान्तरण गरेका हुन्। हरेक हप्ता अन्नपूर्णले वार्षिक ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत उपहार दिँदै आएको छ। 

लक्की ड्रमा विजयी होम एप्लाइन्सेस गिफ्ट ह्याम्परका रुपमा भ्याकुम किलिनर, राइस कुकर, पंखा, इन्डक्सन चुलोलगायतका घरायसी सामान प्रदान गरिने छ।  विजेता दावा तेन्जिङले पुरस्कार पाउँदा आफूलार्इ खुशी लागेको बताए।  त्यसैगरी, अन्नपूर्णको ‘नपर्ने त कुरै छैन’ वार्षिक ग्राहक योजना अन्तर्गत ३५ औं साताका विजेता गौरादहको हृदय कश्मेटिक एण्ड लेडिस टेलर्स बिल नम्बर १८९१८ घोषित भएका छन्। लक्की ड्र मार्फत विजेता घोषणा गरिएको थियो। 

३ हजार ४ सय रुपैयाँ तिरेर अन्नपूर्णको वार्षिक ग्राहक बन्ने पाठकले विभिन्न उपहार पाउने गरेका छन्। वार्षिक ग्राहक बन्ने मध्येबाट एक जनाले लक्की ड्र मार्फत साप्ताहिक रुपमा होम एप्लाइन्सेस गिफ्ट ह्याम्पर, मासिक रुपमा बजाजको प्लाटिना मोटरसाइकल र वार्षिक लक्की ड्रबाट एकजना भाग्यशाली विजेताले चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा बनेको अढाइ तले बंगाला वा नगद १ करोड २५ लाख रुपैयाँ उपहार पाउनेछन्। बंगाला पूर्ण सजावटयुक्त छ।

अन्नपूर्ण पोस्टका नयाँमात्र नभइ पुराना ग्राहकलेसमेत वार्षिक ग्राहक नविकरण गरेर यो अभियानमा सहभागीता जनाउँन पाउनेछन्। अर्धवार्षिक र त्रैमासिक रुपमा पत्रिकाको ग्राहक बन्ने पाठकले कुनै उपहार पाउँदैनन्। हाल देशभर ग्राहक योजना संचालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.