१५ वर्षपछि ‘राजेन्द्र लक्ष्मी'

१५ वर्षपछि ‘राजेन्द्र लक्ष्मी'

काठमाडौः नेपालको एकीकरण गर्ने साहसिक महारानी राजेन्द्रलक्ष्मी शाह इतिहासमा शक्तिशाली नारी थिइन् । देशलाई एकीकरण गर्ने अभियान गरी बाईसे र चौबीसे राज्यलगायत लमजुङ, तनहुँ राज्यलाई आफ्नो राज्यमा गाभेकी थिइन् । तिनै नेपाल एकीकरण अभियानकी नायक राजेन्द्रलक्ष्मीको जीवनकथामा आधारित नाटक मञ्चन सुरु भएको छ ।

नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्रलक्ष्मी नै हुन् । यिनी राजा प्रताप सिंहकी पत्नी हुन् भने पृथ्वीनारायण शाहकी बुहारी । ससुरा पृथ्वीनारायण शाहले थालेको एकीकरणको अभियानलाई सफल पार्न आफैं राजेन्द्र लक्ष्मी युद्धमा होमिएको इतिहास छ ।

रामकेशर बस्नेत, सेनानी अमरसिंह थापा, अभिमानसिंह बस्नेतलगायत वीर सेनाको बलमा यिनले चौबीसे राज्यलाई एकीकरण गरी गोर्खालीलाई शक्तिशाली राज्यको परिचय दिलाएकी थिइन् ।

वि.स. १८४० को हाराहारीमा भएको ऐतिहासिक घटनालाई ख्वापा नाटकघरमा नाटकको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ । वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्वारा लिखित नाटक ‘राजेन्द्रलक्ष्मी' मञ्चन भइरहेको हो । मल्लले यो नाटक २०५८ सालमा मञ्चन गराएका थिए ।

हाल संसद् भवन रहेको ठाउँमा उक्त नाटक देखाइएको थियो । नाटक तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारले हेरेका थिए । सोही नाटक ख्वापा नाटकघरमा असोज ८ गतेबाट सुरु भएको हो । प्रदीप खड्गी पासा र भोला अधिकारीद्वारा निर्देशन गरिएको नाटक असोज १५ गतेसम्म मञ्चन हुनेछ । नाटकले मञ्चनको सुरुवातबाटै दर्शकको साथ पाएको छ ।

राजेन्द्रलक्ष्मीको भूमिकामा उमा तामाङ छन् । उनको अभिनय निकै सशक्त छ । उमाले जीवन्त अभिनय गरेकी छन् । नाटकमा उमा तामाङ, रामकृष्ण श्रेष्ठ, अर्जुन बोहोरा, प्रदीप खड्गी (पासा), दीपुमाया तामाङ, सम्झना मगर, रवि कार्की, सुरेन्द्र कटुवाल, रिभा तामाङ, रोशन डोटेल, सम्पूर्ण भण्डारी, सुमित्रा मगर, प्रदीप नेपाल र भोला अधिकारीको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.