भारत-पाकिस्तान विवादले कलाकार निशानामा

भारत-पाकिस्तान विवादले कलाकार निशानामा

भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको छ । यसको बदलास्वरूप पाकिस्तानका चलचित्रघरका सञ्चालकले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका छन् ।

गत साता उरीमा भएको आतंकवादी आक्रमण र बिहीबार भारत-पाकिस्तानबीच गोलाबारी भएपछि भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको हो भने पाकिस्तानमा पनि भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको समाचार एजेन्सीहरूले दिएका छन् ।

भारतीय फिल्म निर्माता संघले पाकिस्तान र भारतबीचको तनावलाई सम्बोधन गर्दै पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । संघले आफ्नो ८७औं सम्मेलनमा पाकिस्तानी कुनै पनि कलाकारलाई सहभागी नगराउने निर्णय गरेको छ । संघले अवस्था नसुध्रिएसम्म पाकिस्तानी कलाकारलाई चलचित्रमा समेत काम गर्न नदिने प्रस्ताव पारित गरेको छ ।

भारतमा कार्यरत सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको घोषणा गरेपछि पाकिस्तानी हलका मालिकले 'स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म हामी भारतीय फिल्म देखाउन बन्द गर्नेछौं । शुक्रबारदेखि कुनै पनि भारतीय फिल्म मेरो सिनेमाघरमा पक्कै पनि चल्नेछैन' भन्दै बयान दिएको दी एक्सप्रेस ट्रिब्युनले प्रकाशित गरेको छ ।

भारतको महाराष्ट्र नवनिगम सेना (एमएनएस)का कार्यकर्ताले पाकिस्तानी कलाकारलाई भारत छोड्न ४८ घन्टे अल्टिमेटम दिइसकेका छन् । भारतीय फिल्म कर्मचारी संघले विज्ञप्ति निकालेर यो विषयलाई गम्भीरताका साथ नलिए गम्भीर नतिजा सामना गर्नुपर्ने चेतावनीसमेत पाकिस्तानी कलाकारलाई दिएका थिए । पाकिस्तान सरकारले यसबारे आधिकारिक धारणा भने सार्वजनिक नगरेको सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका लोकप्रिय गायक अतिफ असलमले भारतको हरियाणामा अक्टोबर १५ मा गर्ने भनिएको कन्सर्ट रद्द गरिएको छ । पाकिस्तानमा यसअघि फिल्म 'पिंक' र 'बान्जो' रिलिज भए पनि यो हप्ता 'एमएस धोनी: द अनटोल्ड स्टोरी' फिल्म रिलिज हुने तय गरिए पनि चलचित्रमा पाकिस्तानविरोधी तत्त्व हुनसक्ने भन्दै प्रदर्शनमा रोक लगाइएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.