हवाई मार्गबाट घर फर्किने यात्रुको चाप बढ्यो

हवाई मार्गबाट घर फर्किने यात्रुको चाप बढ्यो

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा यसवर्षको वर्षातमा धेरै पहिरो खसेर स्थल मार्गबाट यात्रा गर्न डराएका यात्रु हवाई मार्गतर्फ आकर्षित भएका छन्। हवाई मार्गका यात्रु बढेकाले काठमाडौँबाट भरतपुर दैनिक एक दुई उडान भर्दै आएका बुद्ध र यती एयरलायन्सले एकै दिन १२ वटासम्म उडान भरेका छन्।

पहिरोका कारण १४ घन्टासम्म वर्षामा सडक अवरुद्ध बनेपछि छिमेकी जिल्लाका यात्रु समेत भरतपुर काठमाडौँ हवाईमार्गबाटै यात्रा गर्न थालेका हुन्। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हवाई सुविधा भएकाले छोटो कामका लागि आउने यात्रुले एकै दिनमा भरतपुर काठमाडौँ आवातजावत समेत गरेका छन्।

बुद्ध एयरलायन्स प्रबन्धक भक्तबहादुर बस्नेतले अहिले आफ्नो एयरलाइन्सबाट काठमाडौँ भरतपुर नियमित पाँचवटा उडान भएकामा चाप बढेको बेला एकैदिन आठ वटासम्म उडान भरेको बताए।

त्यस्तै दैनिक तीनवटा उडान भर्दै आएको यती एयरलायन्सले अहिले दैनिक चार वटासम्म उडान भरेको एयरलायन्सका सहायक स्टेसन म्यानेजर अनुप ढकालले जानकारी दिए। दैनिक आठवटा नियमित उडान र दैनिकजसो थप गरिने एक दुईवटा उडानले समेत यात्रुको चाप थेग्न सकेको छैन।

बुद्ध एयरलायन्सका प्रबन्धक बस्नेत दसैंको टीकाको भोलिपल्टसम्म काठमाडौँबाट भरतपुर आउनका लागि टिकट बुकिङ भइसकेको बताउँछन्। त्यसको भोलिपल्टबाट एक सातासम्म काठमाडौँ जानका लागि टिकट बुकिङ भइसकेको छ।

कुनै समय खाली देखिने भरतपुर विमानस्थल टर्मिनलका कुर्सी अहिले भरिभराउ नै छन्। विमानस्थलमा काम गर्ने कर्मचारी र प्रहरी पनि बिहानैदेखि बेलुकासम्म व्यस्त नै हुन्छन्। सडक यात्राबाट गन्तव्यसम्म पुग्ने ठेगान नभएपछि गाडीको भन्दा १० गुणा बढी भाडा तिरेर यात्रु जहाज चढ्न बाध्य भएका हुन्। चाडवाडको समयमा अन्य स्थानमा पनि उत्तिकै सङ्ख्यामा जहाज उड्ने भएकाले भरतपुरमा जहाज थप्न असहज भएको सम्बन्धित एयरलाइन्सका कर्मचारी बताउँछन्।

बुद्धले ४७ सिट क्षमताको एटिआर र यतीले ३० जना क्षमताको जेडस्टेन्ड जहाज सञ्चालन गर्दै आएका छन्। ‘सडक मार्गबाट जाँदा पहिरोको कारण यात्रा असहज हुने भएकाले जहाज चढ्नेको सङ्ख्या ह्वात्तै बढेको हो’ भरतपुर विमानस्थलका प्रमुख शिवप्रसाद उपाध्यायको भनाइ छ।

पछिल्लो समय हवाई यात्रुको सङ्ख्या बढेपछि उडान सङ्ख्या र ठूला जहाज थपिएको उनले बताए। ‘उडान सङ्ख्या बढ्नाका साथै ठूला जहाज पनि आउन थालेपछि विमानस्थलमा जहाज पार्किङको समस्या भएको छ,’ विमानस्थल प्रमुख उपाध्यायले भने।

नारायणगढबाट गाडीमा यात्रा गर्दा ३५० पर्दछ भने हवाई यात्रा गर्दा रु तीन हजार २५ एकतर्फी भाडा लाग्ने गर्दछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.