नेपालगञ्जमा जहाजको टिकट नपाँउदा दसैंमा यात्रुलाई सास्ती

नेपालगञ्जमा जहाजको टिकट नपाँउदा दसैंमा यात्रुलाई सास्ती

नेपालगञ्जः फोतु ६ मुगुका टोपबहादुर बुढा नेपालगञ्ज विमानस्थल धाउन थालेको ९ दिन भयो । आफन्तको उपचार गर्न दुई साताअघि नेपालगञ्ज झरेका बुढा ३ जना आफन्तसहित नेपागञ्ज विमान स्थलमा धाएपनि मुगु जाने हजाजको टिकट पाएका छैनन् । दसैंको मुखमा उनी बेखर्ची भएर नेपालगञ्जमै थन्किनु परेको छ ।

कलेजमा दसैं विदा भएसँगै वर्षदिन पछि घर जाने रहर बोकेर काठमाडौंदेखि ११ दिन अघि नेपलगञ्ज आएका सिमकोट ४ हुम्लाका धन्यजय रोकायाको पीडा उस्तै छ । उनी प्रत्येक दिन विमान कम्पनीको ढोकामा पुग्छन् तर रित्तो हात फर्कन्छन् ।

नेपालगञ्जमा कर्णाली अञ्चलको हुम्ला, मुगु, जुम्ला, डोल्पा र बाजुरा जिल्लाको उत्तरी क्षेत्रका सयांै यात्रु अलपत्र परेका छन् । वर्ष दिनको चार्डमा घर पुगेर परिवारसँग भेटघाट गर्ने योजना बनाए पनि टिकट नपाउदा यात्रु दुःखी छन् ।

अन्य समयमा एकै दिन एकै जिल्लामा ३६ भन्दा बढी उडान गर्ने जहाजले अहिले प्रत्येक दिन एउटा मात्र उडान गर्दै आएका छन् ।

टिकटका लागि नेपालगञ्ज विमान स्थलमा भेटिएका हुम्लाका पत्रकार अर्जुन बोहराले कैलास मानसरोवर जाने पर्यटकलाई बोक्दा बोक्दै नेपाली सर्वसाधारणले जहाजको टिकट नपाएको सुनाए । पत्रकार बोहरा भन्छन्, ‘कैलास मानसरोवर जाने पर्यटकलाई बोक्न तँछाड मछाँड गरेर सिमकोटमा एकै दिन ३ दर्जन भन्दा बढी उडान भर्ने निजी विमान कम्पनीले अहिले आप्mना जहाजलाई पूर्वतर्फ केन्द्रित गराएपछि यस्तो समस्या भएको हो ।’

विमान स्थलको गेट बाटै सर्वसाधारणले प्रवेश नपाउने भएपछि टिकटमा सर्वसाधारणको पहुँच हुँदैन । सात दिनदेखि टिकटको पर्खाइमा रहेका फोतु ६ मुगुका चिनबहादुर शाहीले गुनासो गर्दै भने, ‘एयरलायन्सको टिकट भित्रै बाढिन्छ तर हामीलाई केही थाहा हुदैन् ।’

बाजुराबाट पैदाल पाँच दिन हिड्नु पर्ने बताएका शाहीले दसैंमा घर जाने आश मार्न थालेका छन् ।

नेपालगञ्जदेखि पश्चिम नेपालका पहाडी क्षेत्रमा उडान भर्ने तारा, सिता, गोमा, मकालु, एयर काष्ठमण्डप, मिम्रिक मध्ये ताराको एक मात्रै विमान नेपालगञ्ज भएपछि यस्तो समस्या भएको हुम्ली सेवा समाजका अध्यक्ष छेत्रबहादुर भण्डारीले अन्नपूर्णलाई जानकारी दिए ।

अहिले हिमाल आरेहण गर्ने पर्यटकको चाप बढेका कारण नेपालगञ्जमा यात्रुले टिकट नपाएको तारा एयरका दिलिप कार्कीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.