नेपाली बजारमा भारतीय र चिनियाँ तरकारी-फलफूल

नेपाली बजारमा भारतीय र चिनियाँ तरकारी-फलफूल

बुटवलः बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ ।

यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ ।

यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, रोल्पा तथा केही मात्रामा अर्घाखाँचीबाट समेत आउने गरे पनि धेरैजसो तरकारी र फलफूल भारतीय रहेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्यक्ष कलाधर पन्थी बताउछन् । यहाँ आउने फलफूलमा ५० देखि ८० प्रतिशत भारतबाट र बाँकी २० प्रतिशत चीनबाट आउने गरेको छ ।

दसैंको समयमा नेपाली स्याउ केही मात्रामा आउने गरे पनि चीन र भारतीय स्याउले नै बजार ओगटेको उनको भनाइ छ ।

बुटवलको थोक बजारमा वार्षिक रु साढे ती करोडको कारोबार हुने गरेको छ । यहाँको बजारमा तरकारीको कारोबार दैनिक डेढ लाखसम्म हुने गरेको न्यु गौतमबुद्ध सब्जी भण्डारका सञ्चालक गौतम अग्रहरी बताउछन् ।

आव२०७१।०७२ मा बुटवल कृषि उपज थोक बजारमा कुल त्रिसठ्ठी हजार पाँच सय त्रिसठ्ठी मेट्रिक टन फलफूल एवम तरकारीको आयात भएको छ । तीमध्ये सोह्र हजार एक सय मेट्रिक टन नेपालबाट, चौवालिस हजार पाँच सय साठी मेट्रिक टन भारतबाट र दुई हजार नौ सय तीन मेट्रिक टन चीनबाट आयात गर्ने गरिएको छ ।

वार्षिक तीन अरब १७ करोड ८१ लाख ५० हजार कारोबार हुने सो बजारमा दैनिक रु ८८ लाख २८ हजार एक सय चौरानब्बेको कारोबार हुन्छ ।

त्यस्तै आव ०७२।०७३ मा ६५ हजार चार सय सत्तरी मेट्रिक टन आयातमध्ये नेपालबाट १५ हजार चार सय मेट्रिक टन, भारतबाट ४६ हजार तीन सय मेट्रिक टन र चीनबाट तीन हजार चार सय मेट्रिक टन आयात भएको थियो । वार्षिक रु तीन अर्ब २६ करोड ४२ लाख पचास हजार कारोबार भएको सो बजारमा दैनिक रु ९० लाखको कारोबार भएको देखिन्छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.