बन्दीले सामुहिक टीका लाएर दसैं मनाए

बन्दीले सामुहिक टीका लाएर दसैं मनाए

नुवाकोटः नुवाकोट जिल्ला कारागार ढुंगेका कैदी बन्दीले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा दसैं मनाएका छन् । विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन विबताइरहेकाले कारागारभित्रै दसैं मनाएका हुन् ।

दसैंको टीकासँगै विभिन्न परिकार कारागार भित्रै बनाएर सबैले खाएको जिल्ला कारागार कार्यालय नुवाकोटले जनाएको छ । दसैंका लागि सरकारी तर्फबाट बन्दीका लागि मंगलबार आफन्तसंग टीका ग्रहणको प्रबन्ध मिलाइएको र अधिकांश बन्दीले सामुहिक रुपमा दसैं मनाएका हुन् ।

बन्दीहरुले कारागारमै मासुलगायतका अन्य परिकार खरिद गरि खाएका छन् । नुवाकोट कारागार भित्र रहेका एकसय ७७ कैदी बन्दीमध्ये एक सय ६० पुरुष र १७ महिलाले खुसी साट्दै दसैं मनाए ।

सरकारी तर्फबाट बन्दीका लागि तीन सय रुपैयाँ सिदा वापतको रुकम प्राप्त हुंदै आएको छ । रकम उठाएर ४५ हजार रुपैयाँको रांगो र २० हजार रुपैयाको खसी काटेर सामुहिक रुपमा भोजन गरी कारागार भित्र दसैं मनाएको कारागारले जनाएको छ ।

विदुर नगरपालिका १ ढुंगे बजारमा रहेको कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी बन्दीहरुलाई आफन्तजनसंग पनि टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

कतिपय बन्दीका परिवारजनले कारागार परिसरमै पुगेर दसैंको टीका लगाइदिएका छन् । कारागार प्रशासनले यो प्रक्रियालाई कोजाग्रत पूर्णिमासम्म निरन्तरता दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.