अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी सुरु

अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी सुरु

नवलपरासीः नवलपरासीमा अन्तर्राष्ट्रिय पुरुष खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ ।

जिल्लाको गुठीसूर्यपुरामा नवजीवन युवा क्लब, नवलपरासीको आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी कुल २२ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन बिहीबार एक कार्यक्रमबीच नवलपरासी निर्वाचन क्षेत्र नं ६ का सांसद देवकरण कलवारले गरेका थिए ।

सो अवसरमा सांसद कलवारले नेपालमा कबड्डी खेल लोप हुँदै गइरहेको अवस्थामा यस्ता प्रतियोगितामा आफ्ना परम्परा र कलासंस्कृतिलाई जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगितामा प्रथम टोलीले नगद रु दश हजारसहित प्रमाणपत्र र ट्रफी तथा द्वितीय टोलीले नगद रु आठ हजारसहित प्रमाणपत्र एवम् ट्रफी पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.