कोलम्बियामा विशाल जनप्रदर्शन

कोलम्बियामा विशाल जनप्रदर्शन

बोगोटाः वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन् ।

सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस (फार्क) सँग सम्पन्न शान्ति सम्झौताविरुद्ध जाने जनमत सङ्ग्रहको परिणाम एउटा त्यान्द्रो भरमा मात्र झुन्डिएकोले सो स्वीकार गर्न नहुने माग राखी यसै हप्तामा दोस्रो पटक पनि प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।

बोगोटास्थित गरिएको यस प्रदर्शनको क्रममा दशकौंदेखि जारी लामो द्वन्द्वमा परी मारिएका आफ्ना आफन्तको तस्वीर र शान्तीको प्रतिक सेतो फूल बोकेका व्यक्तिहरु जम्मा भएका बताइएको छ ।

कोलोम्बियामा ५२ बर्ष लामो यस द्वन्द्वमा परी करिब २ लाख २० हजार व्यक्ति मारिएका छन् भने करिब ८० लाख व्यक्ति घरवार छोडी विस्थापित हुनु परेको छ ।

यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोष दिइएको छ । कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उनलाई सो पुरस्कार दिइएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.