विश्वकपको छनोट चरणबाट बाहिरियो नेपाल

विश्वकपको छनोट चरणबाट बाहिरियो नेपाल

काठमाडौं: आईसीसी महिला विश्व कप क्रिकेटका लागि खेलिएको एसियाली क्षेत्रको छनोट शृंखलामा शुक्रबार नेपाली टोली थाइल्यान्डसँग प्रतिस्पर्धात्मक खेलमा एक विकेटले पराजित भएको छ ।

हारसँगै नेपाल विश्व कपको छनोट चरणबाटै बाहिरिएको छ भने थाइल्यान्डले एसियाली क्षेत्रको छनोट चरण पार गरेको छ । पाँच खेल खेलेको नेपाल चार अंकसहित तालिकाको चौथो तथा अन्तिम स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसीन थाइल्यान्डले पाँच खेलबाट आठ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको चीनले पाँच खेलबाट चार अंक बटुलेको छ । तालिकाको तेस्रो स्थानमा आसीन हङकङले पनि पाँच खेलबाट चार अंक जोडेको छ ।

हङकङ क्रिकेट क्लबमा खेलिएको आफ्नो पाँचौं खेलमा टस जिती पहिले ब्याटिङ्को निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डले १८.४ ओभरमा नौ विकेट गुमाएर विजयलक्ष्य पूरा ग¥यो । पहिले ब्याटिङ गरेको नेपालका लागि नेरी थापाले अविजित ३२ रनको योगदान गरिन् । उनले केवल २५ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरिन् ।

टोलीको कूल स्कोर केवल पाँच रन हुँदा पहिलो विकेट गुमाएको नेपालका लागि इन्दु बर्माले पनि २६ रनको योगदान गरिन् । उनले ३६ बलको सामना गरी तीन चौका हिर्काइन् । रोशनी बोहरा केवल दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएपछि क्रिज समाल्न आएकी निर्मला शाहीले टोलीको खातामा २० रन थपिन् । उनले २० बलको सामना गरी दुई चौका प्रहार गरिन् ।

ओपनरसमेत रहेकी विकेटकिपर ज्योति पाण्डेले १३ रन जोडिन् । उनले २६ बलको सामना गरी एक चौका हिर्काइन् । कप्तान रुविना क्षेत्री भने १० रनमा अविजित रहिन् । उनले ६ बलको सामना गरी एक छक्का प्रहार गरिन् । थाइल्यान्डकी बलर चानिदा सुथिरुआङले दुई र सुलिपोर्न लाओमीले एक विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको थाइल्यान्डका लागि ओपनरद्वय नाट्टाकान चानतम र सिरिनत्रा सेङ्साकाओरतले २९ रनको साझेदारी गरे । चानतमले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले २३ रन जोडिन् भने सेङ्साकाओरत १६ बलमा दुई चौकाको मद्दतले १८ रन थपिन् ।

थाइल्यान्डका लागि सर्वाधिक रन भने चानिदा सुथिरुआङले अविजित २७ रनको योगदान गरिन् । उनले २५ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरिन् । सोही योगदानका कारण उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । वङ्पाका लिङप्रासर्तले ११ र सुलिपोर्न लाओमीले नौ रन बनाइन् ।

थाइल्यान्डले एक सय आठ रनको कूल स्कोरमा नवौं विकेट गुमाएरपछि खेल रोमाञ्चक बनेको थियो । तर क्रिज समाल्न आएकी राट्टाना साङ्सोमाले आफ्नो पहिलो बलमै एक रन बनाउँदै थाइल्यान्डलाई विजयलक्ष्य पार गराइन् ।

नेपाली बलर करुणा भण्डारीले चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्दै केवल १५ रन खर्चिइन् । रुविना क्षेत्री र सीता रानामगरले पनि दुईदुई विकेट हात पारे । अर्को एक विकेट निर्मला शाहीले लिइन् । नेपालले आफ्नो छैटौं तथा अन्तिम खेल शनिबार चीनसँग खेल्ने छ । सोही दिन आफ्नो अन्तिम खेलमा थाइल्यान्डले हङकङको सामना गर्नेछ ।

एसियाली क्षेत्रको छनोट चरणमा सहभागी चारमध्ये एक टोली विश्वस्तरीय छनोट प्रतियोगिताका लागि चयन हुने प्रावधान रहेको छ । विश्व स्तरीय छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन् र अंक तालिकाको माथिल्लो स्थानमा आउने त्यसबाट चार टोली सन् २०१७ मा इङ्ल्यान्डमा आयोजना हुने महिला विश्व कपका लागि छनोट हुनेछन् ।

शुक्रबार नै भएको खेलमा चीनले हङकङलाई १८ रनले पराजित ग¥यो । टस जिती पहिले ब्याटिङ रोजेको चीनले १९ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको चीनका लागि फेङफेङ सङले ३६ र कप्तान ह्युङ झुले ३१ रन बनाए । काइयुन झुले पनि १६ रन थपिन् ।

चीनका अन्य खेलाडीले भने दोहोरो संख्यामा रन बटुल्न सकेनन् । जवाफी ब्याटिङमा ओर्लिएको हङकङका लागि कप्तान मारिको हिलले सर्वाधिक ३८ रनको योगदान गरिन् । किनु गिलले १३ र नेचुरल इपले ११ रन थपिन् । अन्य खेलाडीले भने दोहोरो संख्यामा रन बटुल्न सकेनन् । चीनका बलर उ हुवाँले तीन विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच घोषित भइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.