मुकेशलाई पहिलो सहभागितामै रजत 

मुकेशलाई पहिलो सहभागितामै रजत 

काठमाडौंः इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न छैटौं तफिसा वल्र्ड स्पोटस फर अल गेम्सअन्तर्गत भएको दोस्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०-९० केजी तौलसमूहमा नेपालका मुकेशकुमार ठाकुरले रजत पदक जितेका छन् ।

अक्टोबर ६ देखि १२ तारिखसम्म भएको प्रतियोगितामा मुकेशको स्पर्धामा १७ जना खेलाडी सहभागी थिए । सहभागी खेलाडीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा खेल खेलाइएको थियो । मुकेशले पाकिस्तान र इराकका खेलाडीलाई पराजित गरे ।

फाइनलमा मुकेश इरानका खेलाडीसँग पराजित भएपछि स्वर्ण पदकबाट वञ्चित भएका थिए । उक्त स्पर्धामा भारत र अजरबैजानका खेलाडी संयुक्त रूपमा तेस्रो भए । पर्सा निवासी २४ वर्षीय मुकेशको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा नेपालबाट मुकेशसहित सातजना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी खेलाडी भने पदकविहीन बने ।

कुस्तीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) र १७ औं इन्चोन एसियाडमा सहभागी सुमिरकुमार साहले पुरुष ९० केजीभन्दा माथि र कुन्दन साहले ५०-६० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । कुन्दनले जोरखानेमा पनि भाग लिएका थिए । कुन्दनसहित जोरखानेमा सहभागी अन्य खेलाडी अनुजसिंह श्रेष्ठ, मिलन रानामगर, कमल श्रेष्ठ र अनन्त अर्यालले विभिन्न व्यक्तिगत र टिम स्पर्धामा सहभागिता जनाएका थिए ।

जोरखानेमा समग्रमा नेपाल चौथो स्थानमा रह्यो । नेपालले ७३ अंक जोड्यो । इरान एक सय ५१ अंकसहित पहिलो र अजरबैजान एक सय ४० अंकसहित दोस्रो भए । ९९ अंकसहित इराक र ८० अंकसहित अफगानिस्तान संयुक्त रूपमा तेस्रो भए । जोरखानेमा विभिन्न २६ राष्ट्रका एक सय ७८ जना खेलाडीले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.