जोकोभिच सेमिफाइनलमा

जोकोभिच सेमिफाइनलमा

सांघाईः सर्बियाका नोभाक जोकोभिच सांघाई मास्टर्स टेनिसको पुरुष एकलतर्फको सेमिफाइनलमा पुगेका छन् । उनले शुक्रबार भएको क्वार्टरफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर जर्मन प्रतिद्वन्द्वी मिसचा जाभरेभलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । जोकोभिच प्रतियोगिताका साबिक विजेता पनि हुन् । जोकोभिचले जाभरेभलाई हराउन भने ठूलै कसरत गर्नु पर्‍यो ।

पहिलो सेटको खेलमा ३-६ अंकले पछि परेका जाकोभिचले दोस्रो सेटको नतिजालाई ७-६ (४) ले आफ्नो पक्षमा पारेका थिए । त्यसपछि तेस्रो सेटको नतिजालाई ६-३ ले आफ्नो पक्षमा पार्दै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । छनोट चरण पार गरेर प्रतियोगितामा सहभागी भएका जाभरेभ एक सय १० औं वरीयतामा आसीन खेलाडी हुन् ।

‘इमानदारीपूर्वक भन्नु पर्दा क्वार्टरफाइनलमा जाभरेभलाई हराउन मैले ठूलै परि श्रम गर्नुप¥यो, उनी मेरा लागि सोचेभन्दा कठिन प्रतिद्वन्द्वी सावित भए', खेलपछि पहिलो वरीयताका जोकोभिचले भने । जोकोभिचले हालसम्म तीन पटक सांघाई मोस्टर्सको उपाधि चुमेका छन् ।

उनले प्रतियोगिताको सेमिफाइनलमा स्पेनिस खेलाडी रोबेर्टो बाउटिस्टासँग प्रतिस्पर्धा गर्नेछन् । बाउटिस्टा भने फ्रान्सका जो विलफ्राइड सोंगालाई ६-३, ६-४ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् । सोंगा साबिक उपविजेता हुन् ।

यसैबीच, अस्ट्रेलियन खेलाडी डारिया ग्याब्रिलोभा हङकङ ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छन् । उनी शुक्रबार भएको क्वार्टरफाइनल खेलमा पहिलो वरीयताकी जर्मन खेलाडी एन्जेलिक केर्बरलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेकी हुन् ।

गत महिना ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनको उपाधि जितेयता खेलिएका विभिन्न प्रतियोगितामा केर्बर तेस्रो पटक सेमिफाइनभन्दा अगाडि नै पराजित भएकी हुन् । प्रतियोगितामा आठौं वरीयता पाएकी ग्याब्रिलोभाले केर्बरलाई हराएको यो पहिलो पटक हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.