चीनमा कार चढ्नेको संख्या करिब २ करोड

चीनमा कार चढ्नेको संख्या करिब २ करोड

बेइजिङ (चीन) : सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ ।

चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात दुई करोड ८० लाखमध्ये कारको सङ्ख्या एक करोड ९० लाख पुगेको चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।

मन्त्रालयको ट्राफिक व्यवस्थापन विभागद्वारा जारी उक्त विज्ञप्तिमा आर्थिक वर्षको तेस्रो चौमासिकमा थप ६१ लाख ८० हजार कार दर्ताका लागि आवेदन परेको जनाइएको छ ।

यस वर्ष दर्ताका लागि निवेदन सङ्ख्यामा २४.२ प्रतिशतले वृद्धि भएको मन्त्रालयको तथ्याङ्क छ ।

पछिल्लो समय मोटरबाट चल्ने सवारी साधनमा आएको वृद्धिले चीनको ट्राफिक समस्यामा चुनौती वृद्धि हुने मन्त्रालयले जनाएको छ । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.