भारतको वाराणसीको धार्मिक कार्यक्रममा भागदौडः १८ को मृत्यु
एजेन्सीः भारतको वाराणासी जिल्लाको एक धार्मिक कार्यक्रममा भागदौड हुँदा किचिएर १८ जनाको मृत्यु भएको छ ।
भागदौडमा सयौँ घाइते भएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । स्थानीय पत्रकारलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरे अनुसार १८ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन् । मर्नेको संख्या अझ बढ्ने सक्ने अनुमान गरिएको छ ।
भारतीय सञ्चार माध्ययमका अनुसार वाराणसी र चन्दौलीको बीचमा रहेको राजघाट पुलमा भागदौड मच्चिएको हो । किन भागदौड भयो भन्ने एकिन भएको छैन ।
घाइतेहरुको रामनगरको लालबहादुर शास्त्री अस्पताल र बीएचयू ट्रमा सेन्टरमा उपचार भइराखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति शोक व्यक्त गरेका छन् ।