क्लिन्टन लागूआैषध प्रयोगकर्ताः ट्रम्प

क्लिन्टन लागूआैषध प्रयोगकर्ताः ट्रम्प

न्युयोर्कः अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रमभन्दा अगाडि हिलारीको परीक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन् ।

ट्रम्पले आफ्नी प्रतिस्पर्धी क्लिन्टनले यसअघि भएका संयुक्त बहस सुरु हुनुभन्दा अगाडि पनि लागूऔषध प्रयोग गरेको आरोप लगाएका छन् । बहसका क्रममा क्लिन्टनको प्रस्तुति राम्रो हुनुमा लागूऔषधको प्रभाव हुन सक्ने ट्रम्पको आरोप छ । उनले क्लिन्टनलाई मतदान नगर्न समेत आह्वान गरेका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई यौनदुव्र्यवहारको आरोप लागिरहेका बेला ट्रम्पले क्लिन्टनलाई लागूऔषध प्रयोग गरेको आरोप लगाएका छन् । विदेशमन्त्री भएका बेला गोप्य इमेलहरूको दुरुपयोग गरेकाले आफू विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् । क्लिन्टनलाई जेल हाल्ने बताएपछि उनका समर्थकहरूले ‘क्लिन्टनलाई थुन' भन्दै नारावाजी गरेका थिए ।

पछिल्लो बहसमा सहभागी भएका बेला क्लिन्टनले लागूऔषध सेवन गरे वा नगरेको बारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् ।

पोर्टस्माउथमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्सले भने, ‘क्लिन्टन बहसका सुरुमा निकै उत्तेजित देखिएकी थिइन्, तर अन्तिममा भने निकै कमजोर देखिइन् र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो ।'

अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक साताअगाडि दोस्रोपटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।

कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गरेका अमेरिकी रणनीतिहरू, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकमा गरिएको सहयोगबारे पनि ट्रम्पले तीव्र आलोचना गरे । दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्प आक्रामक भएर प्रस्तुत भए ।

ट्रम्पले हिलारीको निन्दा गर्ने क्रममा उनका पति बिल क्लिन्टन धेरै वर्षअघि एकपटक यौन काण्डमा मुछिएको घटना स्मरण गराए । हिलारीले पनि ट्रम्पले महिलाको सम्बन्धमा अतिशयोक्ति गरी बोलेको श्रव्यदृश्य (भिडियो टेप) सार्वजनिक गरिदिइन् ।

सन् २००५ मा रेकर्ड गरिएको उक्त टेपमा स्थानीय एक बसमा अमेरिकी एनबिसी टेलिभिजन कार्यक्रम प्रस्तोता बिल्ली बुस र ट्रम्पसँगै यात्रा गरिरहेका बेला कुराकानी भएको दृश्य देखाइएको थियो । कुराकानीका क्रममा ट्रम्पले तिमी चलचित्र (हलिउड) का एउटा नायक हुने हो भने तिमीले महिलालाई जे गरे पनि हुन्छ भनेका रहेछन् । ‘महिलालाई जे गरे पनि हुन्छ' सन्दर्भ झिकेर हिलारी क्लिन्टनले आरोप लगाउन थालेकी छन् ।

ट्रम्पको अभिव्यक्तिले कोही पनि महिलालाई उनको स्वीकृतिबिना अँगालोमा कस्ने वा चुम्बन गर्नेजस्ता यौनजन्य दुव्र्यवहार गरे हुन्छ भन्ने अर्थ क्लिन्टनले लगाएकी थिइन् ।

क्लिन्टनको यस अडानले दर्शकबाट समर्थन पाए र ट्रम्प तत्काल सो विगतको घटनाका लागि माफी माग्न बाध्य भए । डेढ घण्टा चलेको प्रत्यक्ष बहस कार्यक्रममा दर्शकका प्रश्नका उत्तर दिने क्रममा दुबैजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलाका धेरै विषयमाथि आ–आफ्नो धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.