सेन्चुरी बैंकमा अरनिको गाभिने

सेन्चुरी बैंकमा अरनिको गाभिने

काठमाडौः सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा अरनिको डेभलपमेन्ट बैंक गाभिने भएको छ । सेन्चुरी कमर्सियल बैंकले अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी हस्ताक्षर भएको छ ।

बैंकले प्राप्तिसम्बन्धी कार्य माघभित्र सम्पन्न गरी एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ । हाल सेन्चुरी बैंककोे कुल पुँजी दुई अर्ब ८४ करोड रहेको छ भने थप ८५ करोडको हकप्रद सेयर जारी गरिसकेको जनाएको छ । त्यसैगरी असोज अन्तिमसम्म कुल निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा रकम २७ अर्ब ४१ करोड रहेको छ ।

सेन्चुरी बैंकले २९ करोड पाँच लाख चुक्ता पुँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने निर्णय पनि गरिसकेको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेन्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.