एभरेस्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर

एभरेस्ट बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर

काठमाडौः एभरेस्ट बैंक लिमिटेडले बाइसौं वार्षिकोत्सवको अवसर पारेर सोमबार आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कार्यक्रममा ग्राण्डी अस्पतालका चिकित्सक टोलिले दुइ सय ५० जनालाई परामर्श तथा स्वास्थ्योपचार सेवा पुर्‍याएका छन् ।

शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडीक लगायतका सेवा उपलव्ध थिए । बैंकका अनुसार विभिन्न स्वास्थ्य समस्याको प्रारम्भिक निदान कसरी गर्ने भन्ने बारे उक्त शिविर आयोजना भएको हो । बैंकले कर्पोरेट सामाजिक जिम्मेवारीको रुपमा स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

बैंकले ६१ वटा शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सञ्जालमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.