अन्तर्राष्ट्रिय फोटो महोत्सव हुने 

अन्तर्राष्ट्रिय फोटो महोत्सव हुने 

काठमाडौः अन्तर्राष्ट्रिय फोटो महोत्सव ‘फोटो काठमाडौं’ कात्तिक ५ देखि १८ सम्म पाटनमा हुने भएको छ । दोस्रोपटक हुन लागेको महोत्सवले दृश्य माध्यमबाट कथा भन्ने कलाकार तथा स्थानीय दर्शकहरूबीच संवादका लागि वैकल्पिक मञ्चको काम गर्ने आयोजक फोटो सर्कलले जनाएको छ ।

नेपाललाई एक जीवन्त सांस्कृतिक गन्तव्यका रूपमा प्रवद्र्धन गर्दै धेरै नेपालीकोे आम्दानीको स्रोतमध्ये एक पर्यटन उद्योगलाई भूकम्पले पुर्‍याएको असरबाट पुनर्जागृत गर्न सहयोग पुर्‍याउनुसमेत महोत्सवको उद्देश्य छ ।

नेपाली फोटोग्राफी क्षेत्रको सम्वद्र्धनमा जीवन बिताएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई पनि महोत्सवमा निरन्तरता दिइनेछ । प्राप्त भएको एक दर्जनभन्दा बढी मनोनयनबाट चयन कमिटीले दुईजना स्रष्टालाई चयन गरेको छ । यस वर्षको फोटो काठमाडौं–२०१६ विशिष्ट स्रष्टा सम्मान श्रीधरलाल मानन्धर र किरण श्रेष्ठलाई प्रदान गरिनेछ ।

सम्मान पाउने स्रष्टालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गरिनेछ । फोटो काठमाडौं- २०१६ मा १२ वटा फोटो प्रदर्शनी, सात वटा स्लाइड सो, १४ वटा कलाकार वार्ता तथा संवाद, ६ वटा कार्यशाला एवं एउटा आवासीय मिक्स्ड–मिडिया कार्यक्रम समावेश गरिनेछन् ।

२२ मुलुकका ५२ जना फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधक सहभागी हुने महोत्सवको दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

एसियाभरिबाट छानिएका १२ फोटो प्रदर्शनीमध्ये स्यान्ड्रा क्यल्लिगारोको शृंखलाले आमसञ्चार माध्यममा एकोहोरो प्रस्तुत गरिने युद्धका भयावह तस्बिरहरूको विपरीत काबुलीहरूको सामान्य दैनिक जीवनलाई प्रस्तुत गरेको छ । त्यस्तै कम्बोडियाका किमहाकले खमेर रुज शासनको कोपभाजनमा पर्ने डरले लुकाइएका फोटोहरू र व्यक्तिगत वस्तुहरूको ४० वर्षपछि खिचिएका मन छुने फोटोहरूको शृंखला प्रस्तुत गरेका छन् ।

नेपाली फोटोग्राफी क्षेत्रको संवद्र्वनमा जीवन बिताएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई पनि महोत्सवमा निरन्तरता दिइने छ । 

अजादे अख्लागीको शृंखलामा इरानको इतिहासमा भएका रहस्यमय हत्याकाण्ड र घटनाहरूको मिहिन रूरुपमा गरिएको काल्पनिक चित्रण देख्न पाइन्छ । जन्नतुल मावाको शृंखलाले असमान वर्ग विभेदबीच निर्माण गर्न सकिने सम्बन्धको सम्भावना कल्पना गरेको छ भने दिवस राजा केसीले क्युरेट गरेको प्रदर्शनीमा नेपाली दलितले भोगेका सामाजिक, आर्थिक, राजनीतिक तथा बौद्धिक असमानताको चित्रण गरिएको छ । शिखर भट्टराईको शृंखलाले मार्फा गाउँ र त्यससँगको स्थानीयको सम्बन्धका आयाम खोतल्ने जमर्को गरेको छ ।

सहभागी कलाकारहरूका कृतिमार्फत फोटो काठमाडौंले मानव स्वभावले कसरी द्वन्द्व, विपत् तथा व्यक्तिगत चुनौतीमाथि विजय हासिल गर्नसक्छ भन्ने कुरालाई केलाउने संस्थाकी निर्देशक नयनतारा कक्षपतिले बताइन् ।

फोटो महोत्सवले पाब्लो बार्थोलोम्यु (भारत), लार्स विल्युमेट (जर्मनी), यान मिन्गार्ड (स्विट्जरल्यान्ड), किशोर शर्मा (नेपाल), शिखर भट्टराई (नेपाल) केभिन डब्ल्यु वाई ली (सिंगापुर), प्रवीण अधिकारी (नेपाल), केभिन बुब्रिस्की (संयुक्त राज्य अमेरिका) तथा प्याट्रिक विटी (संयुक्त राज्य अमेरिका) जस्ता स्थानीय तथा अतिथि फोटोग्राफी अभ्यासकर्तासँग कार्यशालाहरू पनि आयोजना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.