होल्यान्ड एग्रिकल्चरको नयाँ सोरुम सातदोवाटोमा

होल्यान्ड एग्रिकल्चरको नयाँ सोरुम सातदोवाटोमा

काठमाडौः भुसाल ग्रुपअन्तर्गतको न्यू होल्यान्ड एग्रिकल्चरले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको कर्पोरेट अफिससहितको सोरुम स्थापना गरेको छ ।

तराइ, पहाड, हिमाल, न्यू-होल्यान्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू होल्यान्ड एग्रिकल्चरले विभिन्न मोडलका नयाँ ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको ग्रुपले बुधबारबाट सातदोवाटोमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीले ३० देखि ९० हर्षपावरका नयाँ मोडल र प्रविधियुक्त ट्रयाक्टरको विक्री सुरु गरेको हो । ती ट्रयाक्टर ढुवानी र खेतबारी जोत्नका लागि निकै उपयोगि रहेको कम्पनीको दावी छ ।

डिजेल कम खपत गर्ने केस ब्राण्डका ट्रयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक विक्रेता भूसाल ट्रयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताएका छन् । उनले टर्कीको प्रविधिमा निर्माण गरिएका ट्रयाक्टर नेपाली किसानले मन पराएको बताए ।

बुटवलबाट विक्री सुरु गरिएको केस ब्राण्डका विभिन्न मोडलका ट्रयाक्टरको बुकिङ सुरु भइसकेको कम्पनीले जानकारी दियो । देशैभरीबाट माग आइरहेकाले न्यू होल्यान्डका ट्रयाक्टर नेपाली बजारमा ३० प्रतिशत पुर्‍याउने लक्ष्यप्राप्तीमा कुनै कठिनाइ नहुने उनले बताए ।

कम्पनीले ट्रयाक्टरको खरिदमा तीन वर्षको वारेन्टी र सातवर्षसम्म निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । पार्टसको विक्री वितरण भने रामकृष्ण टेड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.