रत्नजित र नङ्सलको जोडी फाइनलमा

रत्नजित र नङ्सलको जोडी फाइनलमा

काठमाडौः पाकिस्तानको राजधानी इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्स स्पर्धामा नेपाली खेलाडी रत्नजित तामाङ र नङ्सल तामाङको जोडी बिहीबार फाइनलमा प्रवेश गरेको छ । नङ्सल र रत्नजित दिदीभाइ हुन् ।

२७ मिनेट चलेको सेमिफाइनल खेलमा रत्नजित र नङ्सलको जोडीले पाकिस्तानका रिजवान अजाम र सरा मोहम्मदको जोडीलाई सोझो सेटमा पराजित गर्‍यो । पहिलो सेटको नतिजालाई २१-१६ ले आफ्नो पक्षमा पारेको रत्नजित र नङ्सलको जोडी दोस्रो सेटमा पनि २१-१२ अंकले अगाडि रह्यो । रत्नजित र नङ्सलको जोडीले फाइनलमा पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीसँग उपाधिका लागि भिडन्त गर्ने जानकारी नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले दिए ।

फाइनल खेल शुक्रबार हुनेछ । फाइनलमा स्थान पक्का गरेसँगै रत्न र नङ्सलको जोडीले कम्तीमा रजतपदक जित्ने निश्चित भएको छ । महिला एकल स्पर्धामा भने नङ्सलको यात्रा सेमिफाइनलमै सीमित भयो । सेमिफाइनलमा नङ्सललाई पाकिस्तानी खेलाडी पल्वाशा बसिरले १६-२१, १२-२१ को सोझो सेटमा पराजित गरिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.