पर्यटकीय पूर्वाधारको भर्जिन ल्याण्ड रारा

पर्यटकीय पूर्वाधारको भर्जिन ल्याण्ड रारा

मुगु: नेपालको पर्यटनका लागि संभावनामा भएको क्षेत्रको रूपमा मुगु जिल्लाको रारा क्षेत्र देखिन थालेको छ । पछिल्लो समय पर्यटन व्यवसायीले रारा केन्द्रित पर्यटकीय प्याकेज बनाउँन थालेका, स्थलमार्गको प्रयोगबाट पनि रारा पुग्ने पहुँच बन्न थालेको र पर्यटकले खोजेजस्तै नयाँ पर्यटकीय गन्तव्यको रूपमा रारा ताल हुन पुगेको पर्यटन व्यवसायीले बताएका छन् ।

पछिल्लो समय पर्यटकीय संभावना भएको र पूर्वाधाको निम्ति पनि भर्जिन ल्याण्डको रूपमा अगाडि सार्न सकिने गन्तव्य नै रारा भएको मुगु जिल्लाकै एकमात्र पर्यटन व्यवसायी गोपाल बमको बुझाइ छ । रारामा डेढ दशक अगाडिदेखि होटल संचालन गर्दै आएका बुढाका अनुसार दुईवर्ष देखि भने रारा पुग्ने आन्तरिक र वाह्य पर्यटक बढ्न थालेको छन । पर्यटक बढ्दै जान थालेका कारण यो क्षेत्रमा पर्यटकीय पूर्वाधारको आवश्यकता देखिदै गएको पनि उनले जानकारी दिए ।

पर्यटकीय पूर्वाधारको लागि रारा क्षेत्र भर्जिन ल्याण्ड भएकोले पनि लगानीको संभावना रहेको बमको बुझाइ छ । सुविधा सम्पन्न पर्यटकीय पूर्वाधार बनाउँन कम्तिमा दुईतीन वर्ष लाग्ने भएकोले तत्काल सुरु गर्ने सके पर्यटकीय लाभ पनि बिस्तारै बढ्दै जाने उनको बुझाइ छ ।

‘करीब १५ वर्षसम्म नै रारा किनारमा डाँफे होटल संचालन गर्दै आएको भएपनि पर्यटकीय गतिविधि कम हुँदा हरेक वर्ष घाटामै संचालन गरिको छ’, बमले भने । पछिल्लो दुई वर्षदेखि भने पर्यटकीय चहलपहल बढ्न थालेकोले पनि संचालन खर्च धान्ने अवस्थामा पुगको छ ।

यो क्षेत्रमा अर्बोको लगानी आश्यक नभएपनि साना लगानीबाट नै स्थानियलाई जुझारू बनाउन सकिने स्थलमार्गबाट राराको पर्यटकीय संभावनको अध्ययन गर्न पुगेको व्यवासायीक टोलीको भनाइ छ । असोज पहिलो साता भएको सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको स्थलगत भ्रमण भएको थियो । भ्रमणपछि रारामा भएको संभावनाको पर्यटकीय प्याकेज सोट्टोले सोमबार सार्वजनिक गर्ने भएको छ ।

सोट्टोको अध्यक्ष यमबहादुर खड्काका अनुसार रारा र वरपरका क्षेत्रमा भएको पर्यटकीय संभावनालाई स्थानियदेखि बाहिरी लगानीकर्तासम्मले क्याच गर्न जरुरी छ । वार्षिक पाँच सय जना मात्रै पुग्ने रारामा पूर्वाधारको विकास हुँदै जाँदा पर्यटक पनि बढ्दै जाने उनको बुझाई छ ।

रारामा भएका पर्यटकीय संभावनाकै लागि स्तरीय तारे होटल खोल्ने तयारीमा रारा परियोजना रहेको छ । रारा राष्ट्रिय निकुञ्जले अनुमति नपाएका कारण रोकिएको यो परियोजनाले निकै आकर्षक र स्तरीय होटल निकुञ्जभित्रै खोल्ने प्रस्ताव अगाडि सारेको छ ।
रारामा ठूला मात्रा नभएर स्थानियले लाभ लिने गरी साना र पर्यटकीय गतिविधि हुने पूर्वाधार बनाउन जरूरी देखिएको सोट्टो नेपालका उपाध्यक्ष तथा तारागाँउ विकास समितिका सदस्य मधुसुदन उपाध्यायले बताए ।

‘रारा वास्तवमै धर्तिको स्वर्ग हो, लगानीको लागि पनि यो भर्जिन ल्याण्ड नै हो’, उपाध्यायले भने । रारा दुर्गम क्षेत्रमा भएर मात्रै यसको विशेषता खोजिएको हैन मनमोहक तथा आकर्षक भएर पनि यसलाई खोज्ने आन्तरिक तथा बाह्य पर्यटक धाउन थालेको उपाध्ययाले बुझाइ छ ।

पर्यटकीय संभावना भएको भने भनिरहने भन्दा पनि स्थानियको सक्रियतामा जे जस्तो गतिविधि गर्न सकिन्छ सुरु गरिहाल्नुपर्ने नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणिराज लामिछानेको भनाइ छ । लामिछानेका अनुसार लगानीको काम सुरु भएपछि र संभावना देखिएपछि पर्यटकीय संस्थाको पनि साथ र सहयोग बढ्दै जान सक्छ ।

‘ग्रामिण जनजीवनको अध्ययन गर्दै रारा जाने वातावरण अहिले यो ठाउँमा छ’, होमस्टे एसोसिएशनका अध्यक्ष भिम केसीले भने । उनका अनुसार लगानी र पर्यटक आकर्षण गर्ने विषय आवश्यकताको सिद्धान्तमा भर पर्ने भएकोले राराको स्थानिय गाँउलाई पर्यटकीय संभावनाको गाँउका रूपमा अगाडि सार्नुपर्ने पनि केसीको तर्क छ ।

रारामा दैनिक पाँच हजार आन्तरिक र बाह्य पर्यटक पुग्न चाहने भएपनि पूर्वाधारकै कमी रहेको मुगुका पूर्व संसद चन्द्र शाहीले बताए । उनका अनुसार रारा अहिले मुगुकै संभावना भएको र लागनीको लागि भर्जिन ल्याण्ड हो । यहाँ लगानीको वातावरण बनाउन र सरकारी सहजता आवश्यक रहेको उनको बुझाई छ । जसरी भएपनि रारासम्म पर्यटकीय पहुँच पु¥याँउनुपर्ने आवश्यकता रहेको शाहीको बुझाई छ ।

‘रारामा स्थानिय पर्यटकीय गतिविधि संचालन गर्ने, पर्यटकीय तालिम, घरवास (होमस्टे) संचालन, साइकल टे«ल संचालन हुनुपर्छ’, नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले धो । राराको महत्व बुझाउन सक्ने टुरगाइडसहितको स्थानिय तहबाटै हुने पूवाधार बनाउदै जान सके अहिलेको आवश्यकता पूर्ति हुने र भोलीका लागि सहज वातावरण बन्ने पनि थापाको बुझाई छ । राराको भ्रमण गरेपछि आफूले देखेको संभावना र तत्काल संचालन गर्न सकिने पर्यटकीय संभावनको लागि व्यवसायी तथा सरकारलाई उपयुक्त सुझाव दिने पनि थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.