चिनियाँलाई गाउँबाट रुद्राक्ष खरिद गर्न रोक

चिनियाँलाई गाउँबाट रुद्राक्ष खरिद गर्न रोक

खाँदबारी: चिनियाँ व्यापारिलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ । चिनियाँले रुद्राक्ष खरिदको बहानामा संखुवासभका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै पुगेर रुद्राक्ष खरिदबिक्री गर्न रोक लगाएको हो ।

व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्ने र रुद्राक्ष खरिदका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह गरी प्रशासन कार्यालयलाई समेत जानकारी गराउने निर्णय गरेको छ । रुद्राक्ष खरिद गर्न आएका अधिकांश चिनियाँ पर्यटक भिसामा आउने गरेको र गाउँगाउँसम्म पुगेर रुद्राक्ष खरिद गरेको व्यवसायी संघको भनाइ छ । उनीहरूले जिल्ला विकास समितिबाट निकासी अनुमतिपत्र पनि लिएका छैनन् । उनीहरूमा व्यापारिक गतिविधि नपाइएको संघको आरोप छ ।

रुद्राक्ष व्यवसायी संघमा सहकार्य नगरी आफूखुसी काम गर्ने गरेको व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए । पर्यटकले करोडौंको रुद्राक्ष खरिद कसरी गर्न सक्छ र यो पैसा कसरी ल्याउँछ ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । व्यापारिक भिसा लिएर आएका चिनियाँले पनि तुम्लिङटार र खाँदबारी बजारमा मात्र खरिद गर्र्नुपर्ने संघको भनाइ छ । उनीहरूलाई गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गर्न छुट नभएको भन्दै प्रशासनको ध्यानकर्षण गराइएको छ ।

हाल संखुवासभा र भोजपुरका गाउँगाउँमा करिब दुई सय चिनियाँ रहेको अनुमान छ । कोही रुद्राक्ष खरिद गर्छन् भने केही मठमन्दिरलगायत महत्त्वपूर्ण स्थलको तस्बिर कैद गर्नमै व्यस्त हुन्छन् । चिनियाँ थारैले मात्र रुद्राक्ष खरिद गर्ने गरेको र अधिकांश गाउँगाउँमा घुमन्ते भएर हिड्ने गरेको स्थानीयको आरोप छ । राज्यका निकायले चिनियाँको भिसाको प्रकृति र गतिविधिमा कुनै चासो नदेखाएको भन्दै रुद्राक्ष व्यवासायी संघले विज्ञप्तिमार्फत आपक्ति जनाएको छ ।

गाउँगाउँ पुगेका रुद्राक्ष खरिद र अन्य गतिविधि गर्दा जिम्मेवार निकायले चासो दिनुपर्ने आग्रह गरिएको छ । स्थानीयका अनुसार विगत दुई वर्ष यतादेखि चिनियाँ प्रवेश गर्न थालेको हुन् । पर्यटकले कति दिन घुम्ने कहाँ घुम्ने र कति खर्च गर्ने भन्ने राज्यको नीतिमा छ । यसलाई राज्यले प्रयोगमा ल्याउनु पर्ने व्यवसायीको सुझाव छ । पछिल्लो समय किमाथांका नाका चर्चामा आएसँगै संखुवासभामा चिनियाँको आगामन बढेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.