जुनार निर्यात गर्ने पहल

जुनार निर्यात गर्ने पहल

सिन्धुलीः  सिन्धुलीलगायत नेपालका विभिन्न जिल्लामा उत्पादन हुने जुनारले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गर्न सकेको छैन । गुणस्तरीयता वृद्धिसँगै जुनारलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने पहल थालिएको छ ।

कृषि विकास मन्त्रालय र जुनार विकास संघले जुनारलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातका लागि आवश्यक पहल थालेको हो । नेपालमा उत्पादन हुने जुनारलाई अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्ड पुरा गराउँदै विदेशी बजारमा खपत गराउन आवश्यक पहल गरिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको हो ।

सुरक्षित जुनार बगैंचा र गुणस्तरीय फल उत्पादन गर्दै सिन्धुली, रामेछाप लगायतका जिल्लामा उत्पादित जुनारलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन पहल गरेको कार्यालयका प्रमुख होमराज विष्टले बताए । उनका अनुसार नेपालमा उत्पादित जुनारलाई छिमेकी मुलुकहरू भारत, चिनकासाथै जापान, बंगलादेश, थाईल्यान्ड, साउदी अरेबिया, मलेसिया तथा संयुक्त अरब इमिरेट्सलगायतका देशहरूमा निकासीका लागि विगत पाँच वर्षदेखि पहल गरिँदै आएको छ ।

यी देशहरूमा नेपालको जुनार खपत गराउँन पाँच वर्ष अघिदेखी नै नमुना पठाएर जुनारको गुणस्तर पहिचान गरिरहेको उनको भनाई छ । ‘नेपालको जुनार अन्तर्राष्ट्रिय बजारमा खपत गराउन अन्तर्राष्ट्रिय गुणस्तर र मापदण्ड पुरा गर्नु पर्ने हुन्छ ।

यो परीक्षण नेपालमा सम्भव पनि छैन । यसकासाथै रोगकिरा र विषाधिरहित तरिकाले जुनार उत्पादनमा समेत कठिनाई छ । यसकारण नेपालको जुनारले अन्तर्राष्ट्रिय मापदन्ड पुरा गर्न नसकेको हो । यसका लागि मन्त्रालयमार्फत पहल भइरहेको छ,’ विष्टले भने ।

कृषि विकास मन्त्रालय र केन्द्रीय जुनार सहकारी संघले पाँच वर्ष अघिनै नेपाली जुनारको नमुना परीक्षणका लागि पहिलो चरणमा जापान, बंगलादेश, थाईल्यान्ड, साउदी अरेबिया, मलेसिया तथा संयुक्त अरब इमिरेट्सलगायतका देशहरूमा पठाएको थियो । छिमेकी मुलुक चिनले भने बगैंचाको सुरक्षा र विषाधिरहित पाँचवटा मापदन्ड पुरा भए नेपालको जुनार आयात गर्ने जनाइसकेको छ ।

‘नेपालको जुनार अन्तर्राष्ट्रिय बजारमा पठाउन दशथरीका अन्तर्राष्ट्रिय मापदन्ड पुरा गर्नुपर्छ तर नेपालमा वर्षेनी लाग्ने औंसे किराकै नियन्त्रण गर्न सकिएको छैन जसले वर्षेनी हजारौ मेक्ट्रिकटन जुनार कुहाउँछ । यसकारण पनि नेपालको जुनारले अन्तर्राष्ट्रिय बजार पाउन सकेको छैन । अहिले उक्त े किराको नियन्त्रणप्रयास पनि भइरहेको छ,’ उनले थपे ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली जुनार निर्यात तथा बिक्रीवितरणका साथै प्रचारप्रसार र गुणस्तर कायम गर्न सबै क्षेत्रको उत्तिकै पहल हुनुपर्छ । हाल नेपालको जुनार छिमेकी राष्ट्र भारतका अधिकांश बजारहरूमा पुग्ने गरेको छ भने उत्तरी क्षेत्र चीनको सिमानामा रहेका बजारहरूमा खपत हुँदै आएको छ ।

जुनार उत्पादनका दृष्टिले प्रमुख क्षेत्र मानिएको सिन्धुली जिल्लामा जुनार उत्पादनलाई व्यावसायीकरण गर्दै लैजान मित्र राष्ट्र जापानले विगद वर्षदेखिनै सहयोग गर्दै आएको र जुनारको गुणस्तरमा समेत जापानी सहयोग नियोगले परिक्षण गरिरहेको छ । यसैबीच सिन्धुली र रामेछापमा गुणस्तरीय जुनार उत्पादनका लागि यस वर्षबाट बृहत जुनार क्षेत्र घोषणा गरी जुनार विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

हाल सिन्धुलीलगायत नेपालका विभिन्न जिल्लाहरूमा उत्पादन हुने जुनार भारतमा १० प्रतिशत, स्थानीय जिल्ला भित्रै ३५ प्रतिशत, तराईलगायत राजधानी काठमाण्डौंमा ५५ प्रतिशत खपत हुने गरेको एक तथ्यांकले देखाएको छ ।

नेपालमा सिन्धुली र रामेछाप जिल्ला जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिन्छ । हाल नेपालमा वार्षिक करिब २३ हजार मेक्ट्रिकटन जुनार उत्पादन हुने गरेको छ । यसमध्ये ५० प्रतिशत जुनार सिन्धुली जिल्लामै उत्पादन हुने गरेको छ । यस्तै रामेछाप जिल्लामा ३० प्रतिशत र अन्य जिल्लाहरूमा २० प्रतिशतले जुनारको उत्पादन हुने गरेको सम्बद्ध स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.