सडक पुगेपछि आलुखेतीमा आकर्षण 

सडक पुगेपछि आलुखेतीमा आकर्षण 

सिन्धुलीः मध्य पहाडी लोकमार्गसँगैका ग्रामिण सडक निर्माणपछि महाभारत क्षेत्रका स्थानीय व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् ।

राजमार्ग निर्माणले उत्पादित आलुको बिक्री र ढुवानीका लागि सहज तुल्याएकाले यस क्षेत्रका कृषक आलु खेतीतर्फ आकर्षित भएका हुन् । अहिले आलुखेती उनीहरूको आम्दानीको मुख्य स्रोत भएको छ । व्यापारीहरू घरमै आई खरिद गरी लैजाने हुँदा आपूmहरू आलु खेतीतर्फ आकर्षित भएको कृषकको भनाई छ ।

जापान सरकारको सहयोगमा निर्मित वीपी राजमार्ग आसपासका भद्रकाली, रतनचुरा, जलकन्या, बाशेश्वर, भिभेश्वर, शितलपाटी, पुरानो झाँगाझोली, झागाँझोली रातमाटा, भुवनेश्वरी र कुशेश्वर दुम्जा गाविसका कृषकहरू राजमार्गको फाईदा उठाइरहेका छन् ।

कृषकहरूले आलुखेती मात्र नभई सिजन अनुसारका अकबरे खुर्सानी, काउली, आलु, लसुन, प्याजलगायतका तरकारी उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । राजमार्ग बन्नुअघि बजार खोज्दै बिक्रीका लागि सदरमुकाम सिन्धुलीमाढीसम्म धोक्रामा आलु बोकेर पुर्‍याएको स्मरण गर्दै जलकन्याका किसान प्रेमप्रसाद अधिकारी अहिले ती दिन हटेको बताए ।

उनले भने, ‘वीपी राजमार्ग निर्माणसँगै शाखा सडक निर्माण गर्ने काम तीब्र भएकाले कृषकलाई आलुसहित सिजनअनुसार उत्पादन हुने अन्य तरकारी बाली बिक्री गर्न सजिलो भएको छ ।’ गाँउमा उत्पादित आलु ढूवानी गरी बजार क्षेत्रसम्म बिक्री गर्न पाउँदा आम्दानी पनि बढेको उनको भनाई छ ।

झागाँझोली रातमाटा गाविस–५ कालीमाटीका कृषक मोहनलाल चौलागाईले गत वर्ष १ सय २५ मुरी आलु उत्पादन गरी बिक्री गरेको बताउँछन् । एक किलोको आलु फलाएर कृषि विकास कार्यालयबाट पुरस्कृत भएका कृषक चौलागाई भन्छन्, ‘यो वर्षपनि पाँच रोपनी जमिनमा आलु खेती गरेको छु ।’

वीपी राजमार्ग गाँउ हुँदै जाने भएकाले उत्पादित तरकारी बिक्री गर्न बजारको कुनै समस्या नभएको स्थानीय कृषकहरु बताउँछन् । उनीहरूका अनुसार तरकारी उत्पादनले धेरै कृषक आत्मनिर्भर बन्दै गएका छन् । केहीवर्ष अघिसम्म घरमा उपभोग्य तरकारीका लागि बजार खोज्दै हिड्ने कृषकहरू अहिले आफैले तरकारी फलाएर बिक्री गर्न थालेका हुन् ।

जलकन्या, भद्रकाली, भिमेश्वर, भुवनेश्वरी गाविसका कृषकहरूले पनि व्यावसायिक रूपमा नै आलुखेती गर्न थालेका छन् । उनीहरूले आलुखेतीबाटै वर्षेनी लाखौं रुपैयाँ आम्दानी लिने गरेका छन् ।

आलु खेती नै आम्दानीको मुख्य श्रोत भएको जलकन्या ९ का मोहनप्रसाद देवकोटा बताउँछन् । आलु खेतीबाट वर्षको दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाई छ । ‘यसअघि बोकेर सदरमुकाम पुर्‍याई बिक्री गर्दा पनि भाउ पाइन्नथ्यो । हिजोआज व्यापारीहरू आलु खोज्दै घरमै गाडी लिएर आउने गरेका छन्,’ देवकोटाले भने ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.