कृषि र पशुपालनमा नौ करोड

कृषि र पशुपालनमा नौ करोड

बेनीः चालु आर्थिक वर्षका लागि म्याग्दी जिल्लामा कृषि तथा पशुपालन क्षेत्रलाई नौं करोड रुपैयाँ बजेट उपलब्ध भएको छ । पशु सेवा कार्यालयले चालु तथा पुँजीगततर्फ करिब ६ करोड र जिल्ला कृषि विकास कार्यालयले ३ करोड रुपैयाँ बार्षिक बजेट स्वीकृत भएको जानकारी गराएको हो ।

पशु सेवा कार्यालयका प्रमुख डा. दयाराम चापागाइले अन्डा र दुधमा आत्मनिर्भर बनाउन बजेट प्राप्त भएको जानकारी दिए । ‘मन्त्रालयले लिएको लक्ष्य अनुसार म्याग्दीलाई यो वर्ष अन्डामा आत्मनिर्भर बनाइने छ भने अर्को वर्ष दुधमा, सोहि अनुसार जिल्लालाई सघाउने गरी बजेट निकासा भएको छ’, उनले भने ।

अन्डामा आत्मनिर्भर बनाउन १० लाख, दुधको लागि ११ लाख, कालीगण्डकी क्षेत्रका भेडापालक किसानलाई ७० लाख र राष्ट्रिय पुनःनिर्माण कोषलाई ६१ लाख रुपैयाँ बजेट प्राप्त भएको छ ।

त्यस्तै, शिख गाविसमा चौरीगाई विकास लागि ६ लाख, कुखुरा बँगुर प्रवद्र्धन गर्न १९ लाख, नश्ल सुधार तथा पशु आहारको लागि १३ लाख रुपैयाँको विनीयोजन गरिएको छ ।

स्थानीय जातका लिमे पारकोटे संरक्षणदेखि युवा, महिला, एकल महिला तथा दुर्गम क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने पशु सेवा कार्यालयले जनाएको छ । ‘अहिले उत्तरी म्याग्दीको कालीगण्डकी क्षेत्रमा भेडापालनको राम्रो आकर्षण छ, सोही अनुसार बजेट पनि आएको छ’ उनले भने, ‘म्याग्दीको समृद्धि भेडा तथा बाख्रापालनबाट सम्भव छ ।’

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्याम प्रसाद रिजालले चालु आवमा आलुमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताए । उनका अनुसार, खाद्यान्न बालीको बिउमा आत्मनिर्भर बनाउन ६ लाख, सिँचाईका लागि ८ लाख, आलु उत्पादन आयोजनालाई २० लाख, व्यावसायिक तरकारी, तरकारीका बीउ र प्राङगारिक तरिकाले उत्पादन गर्न साढे २२ लाख, व्यावसायिक सुन्तला जातका फलफूल विकास गर्न ६२ लाख, अदुवा, बेसार बिस्तारलाई १० लाख रुपैयाँ उपलब्ध भएको छ ।

कृषि प्रसार प्रविधि तर्फ ११ लाख, व्यावसायिक मौरीपालन र च्याऊ खेतीका लागि ११ लाख, राष्ट्रिय पुनर्निर्माण कोषलाई ३२ लाख ९० हजार र केन्द्रीय स्तरबाट विभिन्न किसिका कार्यक्रमलाई १ करोड २७ लाख रुपैयाँ बजेट प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ । कार्यक्रममा सांसद नवराज शर्माले जिल्लामा प्राप्त बजेटको सहि कार्यान्वयनमा जोड दिए । ‘आत्मनिर्भर बनाउन सकिने कृषिजन्य उत्पादनलाई बढी जोड दिंदै जानुपर्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.