पाकिस्तानबाट जहाज किन्दै नाइजेरिया
इस्लामाबादः नाइजेरियाली हवाई सेना (एनएफ)ले पाकिस्तानसँग १० वटा ‘सुपर म्युससाक’ विमान किन्ने समझदारी भएको जनाएको छ । उसले नाइजेरियाली सेनाको सैन्य क्षमता वृद्धि गर्न तालिमका लागि प्रयोग हुने गरी विमान किन्न लागेको जनाएको छ ।
नाइजेरियाली हवाई सेनाका मार्सल इया अहमद अबदुल्लाही र पाकिस्तानी एरोनटिकल कम्प्लेक्सका प्रमुख मार्सल अर्सद मलिकबीच शुक्रबार नाइजेरियाको राजधानी अबुजामा सहमति भएको पाकिस्तानी सैन्य बलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘यो समझदारीले अन्य देशसँग हवाई साधनको बिक्रीका लागि बाटो खोलेकोमात्र छैन, यसले देशकै अर्थ उपार्जनका लागि नयाँ स्रोत पनि निर्माण गरेको छ’, वक्तव्यमा भनिएको छ । सुपर म्युससाक विमान स्विडेनको डिजाइनमा आधारित विमान हो । एजेन्सी