दसौं गोदावरी पुष्प महोत्सव हुँदै
काठमाडौंः पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) ले ललितपुरमा दसौं गोदावरी पुष्प प्रदर्शनी गर्ने भएको छ ।
फ्यानले तिहार र छठ पर्वको अवसरमा ‘रोपेर फूल गोदाबरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने नाराका साथ आगामी बुधबारदेखि चारदिनका लागि ललितपुरको जाउलाखेलमा गोदावरी पुष्प प्रदर्शनीको आयोजना गरेको हो ।
फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार उक्त प्रदर्शनीमा ४२ वटा स्टाल राखिनेछ । जसमध्ये ६ वटा सूचनामूलक र बाँकी पुष्प सम्बन्धी स्टाल हुनेछन् ।
नेपालको कुल पुष्पको कारोबारमध्ये करिब दुई प्रतिशत हिस्सा गोदावरी पुष्पले ओगटेको छ । उपत्यकासहित काभ्रे जिल्लामा यो पुष्पको व्यवसायिक रुपमा खेती हुँदै आएको छ ।
नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीबाट पुष्प उत्पादन हुँदै आएको छ । बार्षिक रुपमा करिब डेढ अर्ब मूल्य बराबरको यसको कारोबार हुन्छ ।