६० करोडमा होटेल

६० करोडमा होटेल

नेपालगन्जः नेपालगन्जमा स्तरीय तारे होटेल सञ्चालनमा आएको छ । बाँकेको गनापुरमा होटेल ह्वाइट हाउस रिजेन्सी सञ्चालनमा आएको हो । होटेलमा पहिलो चरणमा १६ करोड ६३ लाख लगानी भएको छ । विस्तारै होटेललाई पूर्णता दिँदै जाने प्रबन्ध निर्देशक भरतविलास पराजुलीले बताए ।

पहिलो चरणमा स्विमिङ् पुल, साइड क्याफे, हेल्थ क्लब, पाँच सय क्षमताको सेमिनार हल, गार्डेन तथा पार्कलगायत तयार भएका छन् । पार्टी प्यालेस, फिसिङ प्वाइन्ट, मिनी जु, ज्याकुजी, शैलुन, पार्लरजस्ता सुविधा दोस्रो चरणमा थपिने पराजुलीले बताए ।

होटलमा खुवाइने मुर्गिको अचारले आकर्षित गर्नेछ । यस्तै, च्याङ्ग्राको मासुका परिकार, चौरीको घिउका परिकार, स्याउको ब्रान्डी, केराको वाइन पनि होटेलमा उपलब्ध हुनेछन् ।

होटेलमा विभिन्न प्याकेजको व्यवस्था छ । एक सयको प्याकेजमा प्रवेशको मात्र सुविधा छ भने पाँच सयको प्याकेजमा स्विमिङ् स्लाइडिङ, हेल्थ क्लबसहित चिया, कफी, कोल्ड ड्रिङसको व्यवस्था छ । हजारको प्याकेजमा ब्रेकफास्ट, लन्च र डिनरको थप सुविधा छ ।

दिपावली लगत्तै होटेलले ९० कोठाको भवन निर्माण कार्य अगाडि बढाउने भएको छ । चारतारे होटेलको निर्माण सम्पन्न भइसक्दा लगानी ६० करोड पुग्ने अनुमान छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.