थप चिनियाँ जहाज ल्याउने निगमको तयारी

थप चिनियाँ जहाज ल्याउने निगमको तयारी

काठमाडौः राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नेपाल भिœयाएको दुई वटा चिनियाँ जहाजको उडानमा वार्षिक घाटा सहेरै भएप्नि थप चार वटा चिनियाँ जहाज ल्याउने भएको छ । निगमले भएकै दुईवटा जहाज उडानमा असन्तुष्ट भइरहेको भए पनि निगमलाई जहाज आवश्यक परेपछि थप चार वटा चिनियाँ जहाज ल्याउन सरकारले तयारी थालेको हो ।

निगमलाई आन्तरिक उडानतर्फ गत आर्थिक वर्षमा ३२ करोड ९० लाख रुपैयाँ घाटा भएको छ । निगका अनुसार चिनियाँ जहाज उडाएकै कारण निगमको घाटा अघिल्लो आर्थिक वर्ष २०७१/७२ को तुलनामा गत आव २०७२/०७३ मा १८ करोड ७८ लाख रुपैयाँले बढी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष निगमले पेस गरेको तथ्यांकमा उल्लेख छ ।

निगमले चीनमा निर्माण सम्पन्न भैसकेको तीन वटा १८ सीट क्षमताको वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउने भएको छ । यो जहाज ल्याउन चिनियाँ पक्षसँग आवश्यक प्रक्रिया अगाडि बढाउन निगमले इन्जिनियर प्रभाव कर्माचार्यको संयोजकत्वमा एक समितिसमेत गठन गरेको वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए ।

चिनियाँ जहाजको विषयमा लामो समय मौन रहेको निगमलाई पर्यटन मन्त्रालयले जहाज भिœयाउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि निगम आफ्नो तयारीमा जुटेको हो । पर्यटन मन्त्रालका अनुसार निगमलाई चिनियाँ जहजको विगतको व्यावसायिक सम्झौता अनुसार अगाडि बढ्न र बृहत हित हुने गरी जहाज ल्याउने प्रक्रिया अगाडि बढाउन एक साता अगाडि निर्देशन दिएको थियो ।

निगमका महाप्रबन्धक कंसाकारका अनुसार जहाज ल्याउने प्रक्रिया कसरी टुंगो लगाउने, कति समयमा जहाज उडान गर्न सकिन्छ र कसरी जहाज उडान गर्ने भन्ने विषयको कार्यायोजना आगामी दुई सातामा तयार हुने भएको छ । यो कार्ययोजना तयार भएपछि पर्यटन मन्त्रालयको निर्देशन अनुसार चिनियाँ जहाज ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चारवटा चिनियाँ जहाज खरिदमा चिनियाँ पक्षसँग आवश्यक छलफल गरी निर्णय लिन एक साता अगाडि निर्देशन दिएका थिए । मन्त्रीको सोही निर्देशनलाई पालना गर्दै निगमले आन्तरिक उडानमा चार वटा चिनियाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाउने भएको छ ।

‘यसअघि जहाज खरिद प्रक्रियाको मन्त्रीपरिषदबाट निर्णय गर्न प्रस्ताव पठाएको थियो । मन्त्रीपरिषदबाट सम्बन्धित मन्त्रालयबाट नै आवश्यक निर्णय गर्नु भन्दै प्रस्ताव फिर्ता आएको थियो’, मन्त्रालयका सह प्रवक्ता प्रमोद नेपालले भने । उनका अनुसार मन्त्रालयले पनि विगतमा भएको सम्झौताको आधारमा निगमको अधिकतम हित हुने गरी जहाज खरिदको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।

निगमका लागि नेपाल सरकारले खरिद गर्ने यो जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले तयार पारिसकेको छ । चिनियाँ पक्षले जहाज तयार पारेर पटक पटक ल्याउन आग्रह गर्दा पनि निगमको असहमतिले जहाज नेपाल भित्रन सकेको थिएन ।

चिनियाँ पक्षले जहाजको बिमा, स्पेयर्स पार्टस, जहाजको क्षमता परीक्षण, पाइलट तालिमलगायतका विषयमा देखिएका समस्या समाधान नगरेसम्म जहाज नल्याउने निगमले अडान लिएको थियो ।

पर्यटन मन्त्रालयका अनुसार सरकारले एक एमए-६० र तीन वटा वाई-१२ ई जहाज खरिद गर्न चिनियाँ पक्षलाई ७० प्रतिशत रकम पठाइसकेको छ । यो रकम पठाएकाले पनि नेपाल सरकारले जहाज लिनै पर्ने बाध्यता परेको मन्त्रालयको बुझाई छ । चिनियाँ जहाज खरिद गर्न ६ अर्ब रुपैयाँ अनुदान तथा सहुलियत ऋण चीनले नै दिएको हो ।

चिनियाँ जहाज नेपालमा उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, आवश्यक पाटपूर्जा आयात १० वर्षसम्म निःशूल्क हुनुपर्ने, जहाजको मेनुअल सबै अंगे्रजीमा हुनुपर्ने, प्रशिक्षक पाइलटको तालिम खर्च चिनियाँ पक्षले व्यहोनुपर्ने, बिमा रकम नेपालमा उडिरहेका अन्य जहाज सरह हुनुपर्ने, जहाजले तोकिएको मापदन्ड अनुसारको तौल र विमानस्थलमा उडान गर्नुपर्नेसहितको सर्त यस अघि निगमले राखेको थियो ।

सर्त पूरा भए जहाज ल्याउन र नभए नल्याउन निगमले पर्यटन मन्त्रालयमार्फत सरकासँग पटक पटक आग्रह गरेको थियो । नेपाल सरकारले भने दुई पक्षिय सरकारी सहमति भएकोले जहाज ल्याउनैपर्ने वाध्यतमा निगमलाइ पारेपछि आवश्यक प्रक्रिया र तयारीमा निगम जुटेको पनि उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.