स्थानीय जातको धान लोप हुँदै

स्थानीय जातको धान लोप हुँदै

कपिलवस्तुः मिठो बासना र स्वादिलो चामलका रूपमा लिइने कालानामक धान लोप हुने अवस्थामा छ । नेपालको तराईका केहि जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानामक धानको खेती कम हुन थालेपछि यो लोप हुन थालेको हो । जिल्लामा कालानमक धानको उत्पादन अहिले निकै कम भएको छ ।

पछिल्ला बर्षहरूमा कपिलवस्तुमा मात्रै ५ हजार हेक्टरमा कालानामक धान लगाइन्थ्यो । अहिले भने ४ सय ७५ हेक्टरमा मात्र यसको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

स्थानीय जातको बहुमुल्य चामल मानिने कालानमकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महंगो छ । ठूलाबडा तथा जमिन्दारहरूको प्रमुख रोजाइ तथा पाहुनाहरूको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्याधिक छ तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।

धानको रंग कालो भएकोले यसलाई कालानमक धान भनिएको कृषकहरू बताउँछन् । खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको कालानमक धान खर्चिलो, कम उत्पादन हने तथा रोग कीरा बढी लाग्ने हुँदा अहिले कपिलवस्तुमा कमै मात्रामा यसको खेती गरिएको महुवाका कृषक रामचन्द्र मुराउ बताउँछन् । कम खर्चमा बढी उत्पादन हुने हाईब्रडि धान खेतीप्रति कृषकहरूको बढदो आकर्षणका कारण समेत कालानमक धान बिस्थापित हुँदै गएको कृषकहरूको भनाई छ ।

सिंचाईको ब्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले कृषकहरूले यो धान लाउन छाडेको कृषि कार्यालयको भनाई छ ।

स्थानिय प्रजातिको यस धानको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत कुनै पहल नगरेको कृषकहरूको गुनासो छ । अन्य प्रजातिका धानसँगको संसर्ग गरि बढि उत्पादन गराउने प्रकारको प्रजाति बनाएर यसको जर्गेना गर्नुपर्ने उनीहरूको माग छ ।

निःशुल्क रूपमा बीउ तथा औषधी वितरण गरेपनि यसको खेती गर्नेहरूको संख्यामा बृद्धि हुन सक्ने कृषकहरू बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्शेद अहमद खाले कालानमक धान जिल्लाकै शान भएको र उन्नत जातका हाइब्रेड धानले यसलाई विस्थापित गराएको बताए ।

यो अत्यन्तै सुगन्धित, मसिनो र स्वादिलो हुने हुँदा माग बढेपछि उत्पादन नबढेको उनको भनाई छ । कृषहरूको लगानी अनुसार आम्दानी नहुने भएपछि यसको खेती गर्नेहरू घटेको उनले बताए । यसको संरक्षण तथा बढि उत्पादन गराउनका लागि बाली संरक्षण सम्बन्धी विशेष योजना ल्याइने उनले जानकारी दिए ।

ठूला बडा तथा सम्पन्न ब्यक्तिको अहिले पनि प्रमुख रोजाई बनेको कालानमक धानको चामल बढी रकम खर्चेर पनि खरिद गर्ने गरेका छन् । हाल बजारमा यसको मूल्य प्रति किलो ७० देखि ८० रूपैंया पर्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.