घरमा लगाइने रङमा प्रयोग हुने सिसाबाट स्वास्थ्यमा हानी

घरमा लगाइने रङमा प्रयोग हुने सिसाबाट स्वास्थ्यमा हानी

काठमाडौः  के तपाईंले आफ्नो घरलाई चिटिक्क पार्न रङको प्रयोग गर्ने सोचाइ राख्नुभएको छ रु यदि यस्तो सोचाइमा हुनुहुन्छ भने आजदेखि नै यो सोचाइलाई परित्याग गर्नुहोस् । विज्ञका अनुसार घर, अफिस, विद्यालय तथा ठूल्ठूला भवनमा प्रयोग हुँदै आएका रङमा सिसा९लिड०को प्रयोग गरिएका हुन्छन्, जुन मानव स्वास्थ्यका लागि निक्कै घातक छन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य तथा वातावरण केन्द्र तथा आइपीइएनले संयुक्तरुपमा आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।

नेपाललाई सिसामुक्त मुलुक बनाउने अभियान शूरु गर्ने उद्देश्यले कात्तिक ७ देखि १३ गतेसम्म लेडको विषबाट बचाउनका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह सुरु गरिएको छ ।

विज्ञका अनुसार शरीरमा लिडको प्रवेशका कारण विश्वमा बर्सेनि आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गर्दछ । नेपालमा भवन, विद्यालय तथा घरमा हुने रङको प्रयोगका कारण आर्थिक रुपमा रु एक अर्ब बराबरको क्षति हुने गरेको ती संस्थाको भनाइ छ ।

६।६ प्रतिशत सिसाको शरीरमा प्रवेशबाट मानिसलाई मुटुरोग हुने र दीर्घकालमा यसबाट क्यान्सरसम्म हुने उनीहरुको भनाइ छ । लिडको प्रवेश भएको आमाबाट जन्मेको बालबालिकामा पनि लिडको समस्या हुन्छ । यसबाट पुरुषमा उच्च रक्तचाप, शुक्रानुको कार्यक्षमतामा ह्रास आउने गरेको छ ।

आइपीइएनले गरेको एक स्वास्थ्य सर्भेक्षणमा धरानका ३१२ जना तथा काठमाडौँको ३०४ जना बालबालिकामा गरेको रगत परीक्षणमा ६५ प्रतिशतसम्म सिसा पाइएको थियो भने ललितपुर तथा भक्तपुरका बालबालिकामध्ये ९० प्रतिशतमा पाँच माइक्रोग्रामभन्दा बढी सिसा पाइयो ।

सरकारले रङमा ९० पिपीएमभन्दा बढी सिसा प्रयोग गर्न नहुने कानुन बनाए पनि कुनै पनि रङ उत्पादकले रङको बट्टामा सिसाको मात्रा उल्लेख गरेको छैन ।

कार्यक्रममा जनस्वास्थ्य तथा वातावरण केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साहले देशलाई मानव स्वास्थ्यका लगि सिसामुक्त बनाउने र जनतालाई चेतना जगाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सुरु गरेको बताउँदै मानिसको सुस्वास्थ्यका साथ बाँच्न पाउने अधिकार रक्षाका लगि सरकारले तोकेको ९० पिपीएम मात्र नभई जिरोमा झार्नुपर्नेमा जोड दिए ।

नेपाल बिजुली पेन्टर प्लम्बर मजदुर युनियन (सियुपीपीइसीं)का अध्यक्ष कृष्ण बरालले लिडको प्रयोग घर रङ्गाउने रङमा मात्र नभई गाडीको ब्रेक, रङ तथा जस्तापातामा पनि प्रयोग भएकाले यसबाट बच्न सबै सचेत हुनुपर्ने बताए ।

शिक्षविद् तथा स्नो इफेक्ट एकेडेमीका प्रिन्सिपल गुणाकार न्यौपानेले आफूले विद्यालयमा बालबालिकालाई हानि हुने रङ प्रयोगमा रोक लगाउने तथा जनचेतनामा लाग्ने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.