हतियारसहित पाँच जना पक्राउ

हतियारसहित पाँच जना पक्राउ

रोल्पाः रोल्पामा हतियारसहित पक्राउ परेका छन् । प्रहरीले उत्तरी सिउरी पुगेर पाँच जनालाई पक्राउ गरेको हो ।


प्रहरीका अनुसार राष्ट्रिय मूलबासी मंगोलियन फोर्स नेपालको नामबाट गतिविधि गर्ने सिउरी ८ का ३० वर्षीय रामबहादुर बुढामगर सहितलाई प्रहरीले पाँच जना पक्राउ परेका हुन् ।

प्रहरी नायब निरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार पक्राउ पर्नेहरु पाँचैजना सिउरी गाविसका छन । सिउरी ९ का ३२ वर्षीय चन्द्रबहादुर घर्तीमगर, सिउरी ८ का ३२ वर्षकै लोकबहादुर बुढामगर, सिउरी ७ का ३१ वर्षीय जोखबहादुर घर्तीमगर र सिउरी १ का दुजमान घर्तीमगर छन ।

प्रहरीले चन्द्रबहादुरको घरमा लुकाई राखिएको मंगोलियन फोर्सका हातहतियार सहितका सामग्री फेला पारेको जनाएको छ । भरुवा बन्दुक ८ थान, भरुवा बन्दुकको नाल १ र पार्टपुर्जा, फलाम र सिसाका गोली २२ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाका छर्रा १ सय १८ थान, पेट्रोल २ लिटर, खुकुरी थान १, बारुद २ सय ग्राम बरामद गरेको छ ।

फोर्सको लोगो अंकिट झण्डा ३ वटा, कम्ब्याट पाईन्ट ५ थान, स्लिपिङ ब्याग र प्राथमिक उपचारका सामाग्री फेला परेको भन्दै प्रहरीले सार्वजनिक गरेको छ । केही महिना अघि रुकुममा कम्ब्याट पोसाक सहित हतियारधारी समूहले तालिम लिएको खुलेको थियो ।

पक्राउ पर्ने रामबहादुर र सामग्री सोही समूहको भएको प्रहरी नायव उपरिक्षक घर्तीमगरले बताए । रुकुममा उनीहरुको व्यापक खोजी भएपछि उनीहरु रोल्पाको उत्तरी मगरवस्ती तिर सुरक्षित हुन सेल्टर लिएको प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.