एनसेलको लाभांश भुक्तानी विवादमा

एनसेलको लाभांश भुक्तानी विवादमा

काठमाडौः निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई लाभांश वापत आठ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी मुद्रा भुक्तानी दिएपछि नेपाल राष्ट्र बैंक विवादमा तानिएको छ । विदेशी लगानी बैंकिङ प्रणालीबाट भित्र्याइएको प्रमाणित हुन नसकेपछि राष्ट्र बैंकले तीन वर्षअघि एनसेलका विदेशी लगानीकर्तालाई विदेशी मुद्रा सटही दिन अस्वीकार गरेको थियो ।

लगानी पारदर्शी नभएपछि र राष्ट्र बैंकले मुनाफा लैजान नदिएपछि एनसेलको तत्कालीन लगानीकर्ता टेलियासोनेराले मलेसियाको एक्जिएटा समूहलाई सेयर बिक्री गरेको थियो । सेयर बिक्री गर्दा लाग्ने करिब ४० अर्ब रुपैयाँ पुँजीगत लाभकर नेपाल सरकारले नपाएपछि यो कम्पनी झन विवादमा परेको थियो ।

एनसेलले सरकारलाई भुक्तानी गर्नुपर्ने सबै कर चुक्ता नगरेसम्म यो कम्पनीको कुनै पनि प्रस्ताव स्वीकृत नगर्न संसद्को अर्थ समितिले सम्बन्धित सबै निकायलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको अवज्ञा गर्दै राष्ट्र बैंकले देशको शोधनान्तर सन्तुलन नै खलबल्लिने गरी आठ अर्ब ३६ करोड रुपैयाँ एनसेलको विदेशी लगानीकर्तालाई भुक्तानी गरेको हो ।

उक्त रकम राष्ट्र बैंकले भदौ २७ गते भुक्तानी दिएको हो । त्यसको असर स्वरुप भदौ मसान्तमा प्रकाशित राष्ट्रबैंकको आर्थिक प्रतिवेदनमा शोधनान्तर घाटा तीन अर्ब ५० करोड रुपैयाँ देखिएको थियो ।

नेपाल राष्ट्र बैंकले सबै प्रक्रिया पूरा गरेर एनसेललाई लाभांश भुक्तानी दिएको दाबी गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग र ठूला करदाता कार्यालयको समेत सहमतिमा लाभांश भुक्तानीका लागि विदेशी मुद्रा सटही सुविधा दिएको राष्ट्र बैंकको दाबी छ ।

राष्ट्र बैंकमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद पौडेलले भने, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार सबै प्रक्रिया पूरा गरेर लाभांशका लागि विदेशी मुद्रा भुक्तानी गरिएको हो ।'

राष्ट्र बैंकले देशको शोधनान्तर सन्तुलन नै खलबल्लिने गरी आठ अर्ब ३६ करोड रुपैयाँ एनसेलको विदेशी लगानीकर्तालाई भुक्तानी गरेको थियो ।

एनसेलमा विदेशी लगानीकर्ताको हिस्सा आठ करोड रुपैयाँमध्ये यस बैंकले तोकेबमोजिम बैंकिङ प्रणालीबाट पाँच करोड ८१ लाख रुपैयाँ बराबर मात्र विदेशी मुद्रा लगानी भित्रिएको देखिएको थियो ।

‘दुई करोड २१ लाख रुपैयाँ बराबर विदेशी मुद्रा बैंकिङ प्रणालीबाट भित्रिएको नदेखिएको अवस्थामा राष्ट्र बैंकले तीन वर्षअघि लाभांश भुक्तानीका लागि विदेशी मुद्रा सटही दिएको थिएन,' प्रवक्ता पौडेलले भने, ‘कम्पनीले बाँकी दुई करोड २१ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लगानीका रूपमा भित्रिएको प्रमाण पेस गरेकाले विदेशी लगानी वापतको लाभ वा लाभांशका रूपमा प्राप्त विदेशी मुद्रामा नेपाल बाहिर लैजान स्वीकृति दिएको हौं ।'

संसदीय समितिले एनसेलले सम्पूर्ण कर चुक्ता नगरेसम्म उसका कुनै पनि प्रस्तावमा निर्णय नगर्न सरकारलाई दिएको निर्देशन राष्ट्र बैंकलाई जानकारी नभएको पत्रकार सम्मेलनमा दाबी गरियो । पौडेलले भने, ‘कानुनअनुसार सबै प्रक्रिया पूरा गरिएको छ, कसले कसलाई के निर्देशन दिएको छ भनेर अखबारमा आएका समाचारका आधारमा हामीले निर्णय नगरी बस्न मिल्दैन', उनले भने ।

११ आंै वार्षिक साधारणसभाले एनसेलले आर्थिक वर्ष २०६८/६९ को नाफाबाट लाभांश वापत ११ अर्ब रुपैयाँ वितरण गर्ने निर्णय गरेको जानकारी दिँदै त्यसको ८० प्रतिशत लाभांश विदेशी लगानीकर्तालाई भुक्तानी गर्न विदेशी मुद्रा सटही सुविधा माग गरेको थियो ।

चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलमा २० प्रतिशत (दुई करोड रुपैयाँ) नेपाली र ८० प्रतिशत (आठ करोड रुपैयाँ) विदेशी लगानी छ । राष्ट्रबैंकले प्रक्रिया पूरा नगरी रेन्योल्डस् होल्डिङलाई विदेशी मुद्रा सटही गरी भुक्तानी दिएको समाचार प्रकाशित भएपछि सोमबार पत्रकार सम्मेलन गरी सबै प्रक्रिया पूरा गरेर सटही भुक्तानी दिएको प्रष्टीकरण दिएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.