झापा-११ गभर्नर्स गोल्डकपको फाइनलमा

झापा-११ गभर्नर्स गोल्डकपको फाइनलमा

बिर्तामोडः भारतको गान्तोकमा जारी ३६औं गभर्नरस गोल्डकप फुटबल प्रतियोगितामा रमपम झापा—११ ले फाइनल यात्रा तय गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सिक्किमकै हिमालयन फुटबल क्लबलाई १-० गोलले हराउँदै झापा फाइनलमा पुगेको हो ।निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि इन्जुरी समयको तेस्रो मिनेटमा झापाका लागि स्ट्राइकर नरेन्द्र लिम्बूले निर्णायक गोल गरेका थिए ।

खेलको सुरुदेखि नै झापाले खेलमा दबाब कायम गरेको थियो । ३७औं मिनेटमा सिक्किमका थोपोफिलस एपोहले गरेको प्रहार गोलपोस्टभन्दा निकै माथिबाट बाहिर हुइँकिएको थियो ।

४२औं मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो । अधिकांश दर्र्शकको साथ पाएको झापाका खेलाडी दिलेन लोक्ताम ६५औं मिनेटमा घाइते भएका थिए ।

बिहीबार भएको क्वार्टरफाइनल खेलमा इन्डियन लिग खेल्ने मुम्बईको ओएनजीसी क्लबलाई ४-३ गोलले हराउँदै झापा सेमिफाइनलमा प्रवेश गरेको थियो । झापाले पहिलो खेलमा भने एसईबी केरलालाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

मंगलबार हुने प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आक्रमण फुटबल क्लब गान्तोक र महमद्धन् स्पोर्टिङ क्लब कोलकाताबीभ भिडन्त हुनेछ । उक्त खेलको विजेतासँग झापाले उपाधिका लागि भिडन्त गर्नेछ । फाइनल खेल आगामी बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.