‘लगानीमैत्री वातावरण बनेन'

‘लगानीमैत्री वातावरण बनेन'

हेटौंडाः हेटौंडाका उद्योगीव्यवसायीले लगानीमैत्री वातावरण नबनेको गुनासो गरेका छन् । मध्यक्षेत्रका कार्यालय प्रमुखहरूसँग सोमबार हेटौंडामा भएको छलफलमा उनीहरूले लगानीमैत्री वातावरण नहुँदा सञ्चालनमा रहेका उद्योगसमेत बन्द र विस्थापित हुने अवस्थामा पुगेको बताए ।

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको ‘औद्योगिक सुरक्षा र लगानीमैत्री वातावरण' विषयक अन्तरक्रिया कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ३१ दिनभित्र सबै भौत्तिक पूर्वाधार तयार गर्ने सम्झौता गर्छ तर दुई वर्षसम्म कार्यान्वयन हुँदैन यस्तो अवस्थामा उद्योग खोल्ने वातावरण कसरी बन्छ ? ' बन्द कपडा उद्योगको जग्गामा दुई वर्षअघि स्थापना गर्न लागिएका २४ वटा उद्योग आवश्यक पूर्वाधार नहुँदा अझै स्थापना हुन नसकेको अर्यालले बताए ।

यसमा उद्योग व्यवस्थापनले सहयोग नगरेको उनको भनाइ छ । हेटौंडामा रहेका उद्योगले विदेशबाट कच्चा पदार्थ ल्याउँदा र उत्पादित सामग्री बिक्री गर्दा दोहोरो कर तिर्नुपरेको उनको गुनासो छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले संसद्ले हालै पारित गरेको औद्योगिक व्यवसाय सम्बन्धी ऐन तत्काल कार्यान्वयमा ल्याउनुपर्ने बताए । हेटौंडा औद्योगिक क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनी सीएसआई नेपालका प्रबन्धक शान्तिराम धिमालले हेटौंडा औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधान नभएसम्म उद्योग फस्टाउन नसक्ने बताए ।

‘मजदुर हडताल र सरकारले दिने आकस्मिक सार्वजनिक बिदाका कारण पनि उद्योगलाई समस्या पर्ने गरेको छ',उनले भने । कार्यक्रममा मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले स्थानीयस्तरमा उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताए ।

‘नो वर्क नो पे' खारेज गर्न माग

ट्रेड युनियन कांग्रेस सम्बद्ध नेपाल कारखान श्रमिक संघले व्यवस्थापिका संसद्बाट हालै पारित औद्योगिक व्यवसाय सम्बन्धी कानुनको दफा ४७ को उपदफा छ र ७ मा रहेको नो वर्क नो पे जस्ता श्रमिक बिरोधी ऐन तत्काल खारेज गर्न माग गरेको छ । कात्तिक ७ गते हेटौंडामा बसेको संघको राष्ट्रिय समितिको बैठकले श्रमिक बिरोधी ऐन खारेज गर्न दवाव दिन भन्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेको छ ।
हेटौंडाः उद्योग मन्त्री नवीन्द्रराज जोशीले ‘नो वर्क नो पे र हायर एन्ड फायर ' जस्ता विषयमा गलत प्रचार भईरहेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगमा आइतबार साँझ भएको अन्तरक्रियामा उनले भने, ‘यी विषयका बारेमा स्पष्ट पार्न सरकार तयार छ ।' ढुक्क भएर काम गर्न मजदुरलाई आग्रह गर्दै मन्त्री जोशीले मजदुरको हित विपरीत सरकारले काम नगर्ने स्पष्ट पारे ।

साथै उनले सबै पक्ष मिलेर अघि बढेमात्रै आर्थिक समृद्धि सम्भव हुने बताए । ‘कामदार, रोजगारदाता र सरकार मिलेर अघि बढेमात्रै आर्थिक समृद्धि सम्भव छ', जोशीले भने, ‘औद्योगिक क्षेत्रमा देखिएको मालिक र मजदुरको सोचलाई बदलेर सहयात्रीको अवधारणा अघि सार्नु जरूरी छ ।'

औद्योगिक वातावरणबारे विदेशी लगानीकर्तामा गलत धारणा रहेको भन्दै उनले यसलाई चिर्न कामदार, रोजगारदाता र सरकार तीनै पक्षले ठोस काम गर्नुपर्ने जरूरी रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.