६ लाखसहित १६ जुवाडे पक्राउ

६ लाखसहित १६ जुवाडे पक्राउ

काठमाडौंः होटलको कोठा नै भाडामा लिएर व्यावसायीक रुपमा जुवा खेल्दै आएका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले नक्साल भगवतिवहालस्थित होटल गणपतिमा छापा मारेर जुवाडेलाई २६ लाख १३ हजार एक सय रुपैंयासहित पक्राउ गरेको हो ।

होटलको कोठा नम्बर १०५ भाडामा लिएर १६ जनाले कौडा खेलिरहेका थिए । जुवा खेल्दै गरेको सूचना पाएसँगै छापामार्न पुगेको प्रहरी पैसा र गरगहना देखेर अचम्ममा परेको थियो ।

चाडबाडको मौका छोपेर आफुहरुलाई व्यापारी बताउँदै आएका जुवाडेले लाखलाखका विटा र गरगहना (सुनको औंठी, सिक्री) बोकेर जुवा खेलिरहेको प्रहरीले जनाएको छ ।

कमलपोखरी वृत्तका प्रमुख डिएसपी महेश थापाका अनुसार प्रहरी पुग्ने वित्तिकै जुवाडेले पैसा फालाफाल र गरगहना लुकाउन थालेपछि होटललाई प्रहरीले घेरेर सर्च गरेको थियो । प्रहरीले जुवा खेलिरहेका बुढानिलिकण्ठ नगरपालिका कपन बस्ने राजकुमार अधिकारी, बाबुराम लामा, विष्णु महर्जन लगायतका १६ जनालाई पक्राउ गरेको छ ।

‘यो समूहले विभिन्न होटलको कोठा नै बुक गरेर लामो समयदेखि जुवा खेलिरहेको सूचना प्रहरीले पाएपछि सोमबार गणपतिमा छापा मारेका हौं, लाखौं रुपैंया बरामद भएको छ, थप अनुसन्धान जारी छ, डिएसपी थापाले भने । प्रहरीले चाडबाडमा जुवा खेल्नेमाथि कडा निगरानी गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.