हाम्रो 'मेरिगोल्ड' उत्कृष्ट विद्यालय

हाम्रो 'मेरिगोल्ड' उत्कृष्ट विद्यालय

मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल २०५५ चैत्र १ मा संस्थापकहरू भुवनलाल श्रेष्ठ, उद्धव सिलवाल र राजु खड्काद्वारा स्थापना भएको निजी विद्यालय हो । कक्षा ३ सम्म एक सय २२ जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा अहिले आठ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

२०६३ सालमा १९ जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी भएकोमा सातजना विशिष्ट श्रेणी र १९ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । सो परीक्षामा रुवि श्रेष्ठले ९०.२५ अंक हासिल गरी जिल्ला प्रथम हुन सफल हुनुको साथै भक्तपुर जिविसद्वारा प्रदान गरिएको गोल्ड मेडलसहित नगद रु. १५ हजार प्राप्त गर्न सफल भएकी थिइन् ।

सोही गौरवशाली इतिहासलाई कायम राख्दै २०६७ सालको प्रवेशिका परीक्षामा मेधावी छात्रा सिर्जना न्यौपानेले ९२.६२ प्रतिशत अंक प्राप्त गरी विद्यालयको शिर उच्च पारेकी थिइन् । साथै २०६८ सालको प्रवेशिका परीक्षामा यमुना कुटुले ९१.३८ प्रतिशत र काजल थापाले ९०.१३ प्रतिशतसहित ३७ जना विशिष्ट श्रेणी तथा १८ जना प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएका थिए भने, २०६९ सालको प्रवेशिकामा रचना कँडेलले ९०.२५५ प्रतिशत प्राप्त गरी इतिहासलाई निरन्तरता दिइन् ।

२०७० सालको प्रवेशिका परीक्षामा निराजन श्रेष्ठले ९१.६३ प्रतिशत, मीरा न्यौपानेले ९०.७५ प्रतिशत तथा सविन कृष्ण कुटूले ९० प्रतिशत अंक हासिल गरे भने २०७१ सालको परीक्षामा पूजा श्रेष्ठले ९०.२५ प्रतिशत हासिल गरे । यसैगरी २०७२ सालको प्रवेशिका परीक्षामा चार जना विद्यार्थी नितेशराज पोखरेल, प्रतिज्ञा केसी, विजिताकुमारी राउत र निश्चल गौतमले जीपीए ३.९५ ल्याउन सफल भए ।

हाम्रो विद्यालयको परिचय यतिमा मात्रै सीमित छैन । प्रवेशिका परीक्षामा ल्याएको उत्कृष्ट नतिजाको साथै विद्यालयले विद्यार्थीको समग्र विकासका लागि विभिन्न गतिविधिलाई उत्तिकै जोड दिँदै आएको छ ।

जुनियर रेडक्रस सर्कलः यस विद्यालयमा 'जुरेस'को स्थापना २०६० सालमा भएको थियो । स्थापनाको समयदेखि नै सक्रिय रूपमा विभिन्न सामाजिक क्रियाकलापमा सहभागी भएको थियो जसको परिणाम २०६२ सालमा यस विद्यालयकी शोभा बस्नेत नेपालबाट छनोट भएर 'जुरेस' नेपालको प्रतिनिधित्व गर्दै दुई हप्ताको लागि जापान भ्रमणमा जान सफल भइन् ।

जुरेस मेरिगोल्ड २०६४ सालमा नेपालको उत्कृष्ट जुनियर रेडक्रस सर्कल हुन सफल भएको थियो । यसैगरी २०६३, २०६५, २०६६ र २०६८ सालमा जिल्लाको उत्कृष्ट रेडक्रस सर्कल घोषणा हुन सफल भएको थियो । यसले नियमित रूपमा विभिन्न सामाजिक तथा अन्य कार्यहरू गर्दै आएको छ ।

विद्यार्थी गुणीय चक्रः विद्यार्थीले आफ्नो समस्या आफैं पत्ता लगाएर त्यसको समस्या पनि आफैं समाधान गर्न सकुन् तथा उनीहरूलाई अनुसन्धानात्मक कार्यमा कसरी लगाउन सकिन्छ भन्ने अभिप्रायले यस विद्यालयमा सन् २००७ मा यसको स्थापना भएर नियमित रूपमा सञ्चालन हँदै आएको छ । सोही वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हँदै सन् २००७, २००९, २०११ तथा २०१३ मा विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार हासिल गरी विद्यालयको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च पार्न सफल भएका छन् ।

ह्यान्डबल र फुटबलः ह्यान्डबल यस विद्यालयमा २०७० सालदेखि नियमित रूपमा प्रशिक्षण भइरहेको छ भने २०७१ सालमा यस विद्यालयका विद्यार्थीले जिल्लास्तरीय, क्षेत्रीयस्तरीय तथा राष्ट्रिय तहमा विभिन्न पदक जित्न सफल भएका छन् । २०७१ सालमा यस विद्यालयका कासिस केसी तथा विशाल राउतले नेपालको प्रतिनिधित्व गरी स्विडेन तथा इटालीमा खेल खेल्न गएका थिए ।

संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले उक्त टोलीको व्यवस्थापकीय नेतृत्व गर्दै ती देशहरूमा जानुभएको थियो । त्यसैगरी यस विद्यालयले विगत लामो समयदेखि नै फुटबलमा पनि आफ्नो राम्रो उपस्थिति देखाउँदै आएको छ । यस विद्यालयले विभिन्न समयमा विभिन्न प्रतियोगिताहरूमा सिल्ड तथा नगद पुरस्कार जित्न सफल भएको छ भने २०७१ सालमा विनय चौधरी एन्फाको १४ वर्ष उमेरसमूहमा नेपालको प्रतिनिधित्व गर्दै, कोरिया, भारत तथा काजकिस्थानमा विभिन्न खेल खेल्दै नेपालको लागि विभिन्न पदकहरू जित्न सफल भएका थिए । हाल यस विद्यालयका २४ जना विद्यार्थी मध्यपुर युथ एसोसियसनद्वारा सञ्चालन गरिएको फुटबल कार्यक्रममा छनोट भएर नियमित रूपमा अभ्यासमा छन् ।

एफएमः यस विद्यालयले विगत पाँच वर्षदेखि नेपालीको रेडियो ८८.८ मा गोल्ड अफ मेरिगोल्ड नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमको संयोजन, उद्घोषण, व्यवस्थापन तथा अन्य कार्यक्रमहरू विद्यार्थीबाटै हँदै आएको छ ।

ते क्वान दोः विगत १० वर्षदेखि यस खेलको प्रशिक्षण नियमित रूपमा यस विद्यालयमा हुँदै आएको छ जसको परिणाम यहाँका विद्यार्थीले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडलहरू दिलाउन सफल भएका छन् ।

स्काउटः विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना जगाउन तथा व्यावहारिक शिक्षा दिनको लागि विगत पाँच वर्षदेखि यस विद्यालयमा मेरिगोल्ड स्काउट ट्रुपको स्थापना भएको छ । स्काउटको नियमित क्रियाकलाप तथा कक्षाहरू सञ्चालन भइरहेको छ । स्काउटबाट विद्यार्थी ककनी, सुन्दरीजललगायत विभिन्न ठाउँमा हाइकिङ गएर नौलो अनुभव बटुलिसकेका छन् ।

नृत्यः विद्यालयको स्थापनाको समयदेखि नेै नियमित रूपमा नृत्य कक्षा सञ्चालन हँदै आएको छ । यस विधाबाट विभिन्न समयमा यस विद्यालयलाई पुरस्कार तथा पदकहरू प्राप्त भएको छ । हाल कक्षा ४ सम्म अनिवार्य नृत्य कक्षा सञ्चालन भइरहेको छ भने अन्य विद्यार्थीलाई क्लबअन्तर्गत नृत्य कक्षा सञ्चालन हुँदै आएको छ ।

चित्रकलाः यस विद्यालयका प्रायःजसो विद्यार्थी चित्रकलामा पोख्त छन् । उनीहरूलाई दक्ष चित्रकार शिक्षकबाट नियमितरूपमा चित्रकलाको कक्षा लिइँदै आएको छ । उनीहरूले पनि विभिन्न चित्रकला प्रतियोगितामा पुरस्कार जित्दै आएका छन ।
विवेक गैरे कक्षाः १०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.