डाटा तथा पिन चोरेर काठमाडौंका एटीएममा पैसा निकाल्ने तीन विदेशी समातिए

डाटा तथा पिन चोरेर काठमाडौंका एटीएममा पैसा निकाल्ने तीन विदेशी समातिए

काठमाडौँ : एटीएम कार्डबाट डाटा तथा पिन चोरी गरी रकम निकाल्ने गिरोहमा संलग्न तीनजना रोमानियन नागरिक समातिएका छन्। पक्राउ पर्नेमा जिता हुजन, एओसिफ मोरारु, एलुक्स क्रिस्टेइन रहेका छन्।

उनीहरुले अत्याधुनिक कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रणाली, ब्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु प्रयोग गरी विभिन्न एटीएमबाट पैसा निकालेको सूचना पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

डाटा तथा पिन चोरी गरी एटीएमबाट पैशा निकाल्ने धन्दामा अन्तराष्ट्रिय नेटवर्कसहितको एउटा संगठित गिरोह संलग्न रहेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। प्रहरीले आफ्नो पिन कोड परिवर्तन गरी सुरक्षा अपनाउन सबै एटीएम प्रयोगकर्ताहरुलाई अनुरोध गरेको छ।

एटीएमबाट पैशा निकाल्ने योजनासहित नै उनीहरु पर्यटक भिषामा नेपालमा आएको र काठमाडौँका ठमेल, दरबारमार्ग लगायतका विभिन्न बैंकहरुका एटीएम बुथहरुमा स्किमिङ डिभाइस र हिडन क्यामरा जडान गरी विभिन्न बैंकहरुका एटीएम बुथहरुबाट नेपाली तथा विदेशी बैंकका ग्राहकहरुको खाताबाट रकम निकालेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नेपाल ईन्भेष्टमेण्ट बैंकको आई.टि. शाखाको प्राविधिक सहयोगमा खोजी गर्ने क्रममा कात्तिक १९ गते होटल नेपाल तारा ठमेल, नरसिंहचोकबाट पक्राउ गरेको हो । यसको विस्तृत अनुसन्धान गर्ने काम भइरहेको छ।

उनीहरुबाट प्रहरीले विभिन्न दरका नेपाली रुपैंया ३ लाख ८ हजार ५ सय रुपैया, युरो १० हजार ९ सय ५, फिलिपिनो मुद्रा ४ सय ७०, विभिन्न एटीएम कार्डहरु ३ सय ५३ थान, मोबाइल फोन ६ थान, ल्यापटप २ थान, एटीएमबाट रकम निकाल्दा पिन इन्ट्री गरेको खिच्न प्रयोग हुने कार्ड स्किमिङ डिभाइस र हिडन क्यामरा प्रणाली, ब्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु बरामद गरिएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.