विदेशी लगानी प्रतिवद्धता घट्यो

विदेशी लगानी प्रतिवद्धता घट्यो

काठमाडौः सरकारले मुलुकमा लगानीको वातावरण बनेको दाबी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागमा आएको पछिल्लो तीन महिनाको लगानी प्रतिवद्धताले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा लगानी प्रतिवद्धता झण्डै ३३ प्रतिशतले घटेको छ ।

विभागमा असोजसम्म दुई अर्ब ३९ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको थियो । यस वर्ष कृषि तथा वन र सेवाजन्य क्षेत्रमा लगानी प्रतिद्धता स्वात्तै घटेको देखिन्छ ।

सरकारका मन्त्रीहरूले मुलुकमा लगानीको वातावरण बनेको भाषण घन्काउँदै आएका छन् । तर, यथार्थ उल्टो छ । लगानी बढ्नुको सट्टा घटिरहेको छ । विदेशी मात्र होइन, स्वदेशी लगानी पनि घटेको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष मधेस आन्दोलन, भारतीय नाकाबन्दीलगायतका कारण लगानी प्रभावित भएको थियो । यो वर्ष अवस्था सामान्य हुँदा पनि लगानीकर्ता आकर्षित भएनन् । नेपालमा राजनीतिक अस्थिरता यथावत रहेको हुँदा अझै पनि ढुक्कसँग लगानी गर्ने वातावरण नबनेको विदेशीको बुझाइ छ ।

सरकारले लगानी भित्र्याउन पुरानो नीति बाधक भएको भन्दै २०७१ सालमा नयाँ विदेशी लगानी नीति ल्यायो । नयाँ नीतिले पनि विदेशी लगानीकर्ता आकर्षित गर्न नसकेको स्पष्ट देखियो ।

नेपालमा जलविद्युत्, पूर्वाधार (द्रुत मार्ग, रेलवे, टनेल, केवल कार, मेट्रो रेल, फ्लाइओभर, विमास्थल), कृषि तथा बनजन्य उद्योग, सेवामूलक क्षेत्र, पर्यटन उद्योगमा विदेशी लगानीलाई प्राथमिकता दिइएको छ ।

चालू आवको साउनदेखि असोज मसान्तसम्म १६ वटा देशबाट लगानीको प्रतिवद्धता आएको छ । यी देशमध्ये चीन सबैभन्दा बढी लगानी प्रतिवद्धता जनाउने मुलुक बनेको छ । भारत दोस्रो नम्बरमा रहेको छ । तीन महिनाको अवधिमा चीनबाट एक अर्ब ७९ करोड लगानी प्रतिवद्धता आएको छ ।

असोजसम्म दुई अर्ब ४९ करोड रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब ५५ करोडको लगानी प्रतिवद्धता आएको थियो ।

खासगरी चिनियाँ लगानी साना होटल तथा रेस्टुरेन्टमा केन्द्रित देखिन्छ । नेपालमा यस वर्ष चीनबाट होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् । भारतबाट २२ करोड ८० लाखमात्र लगानी प्रतिवद्धता आएको छ ।

यस अवधिमा कृषि तथा बन र सेवाजन्य परियोजनामा लगानी प्रतिवद्धता घटेको देखिन्छ । उत्पादन र पर्यटन उद्योगमा भने लगानीको प्रस्ताव बढेको छ । गत वर्षको पहिलो तीन महिनामा कृषि तथा वनजन्य परियोजनामा १० करोडको प्रस्ताव आएको थियो । यस वर्ष घटेर दुई करोडमा खुम्चिएको छ । त्यस्तै, गत वर्ष दुई अर्ब २० करोड लगानी प्रस्ताव आएको सेवा क्षेत्रमा यस वर्ष ४८ करोडको मात्र प्रस्ताव आएको छ ।

तीन महिनामा उत्पादनमुलक उद्योगमा ९४ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । गत वर्षको सोही अवधिमा ७५ करोड रुपैयाँको प्रस्ताव आएको थियो । गत वर्ष ३९ करोड लगानी प्रस्ताव आएको पर्यटन उद्योगमा यस वर्ष ९२ करोडको प्रस्ताव आएको छ ।

एक सय नौ परियोजनामार्फत भित्रिन लागेको विदेशी लगानीबाट तीन हजार ४० जनालाई रोजगारी दिइने प्रतिवद्धता छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.