डोनाल्ट ट्रम्पलाई चुनाव जित्न १६ इलेक्टोरल मत आवश्यक

डोनाल्ट ट्रम्पलाई चुनाव जित्न १६ इलेक्टोरल मत आवश्यक

एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा आहिले मतगणनाको काम जारी छ । पछिल्लो परिणाम अनुसार अहिलेसम्म रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्प अगाडि छन् । उनले दुई सय ५४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

राष्ट्रपति पदमा विजयी बन्नका लागि अब ट्रम्पलाई १६ इलोक्टोरल मतको आवश्यकता छ । डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले पनि ट्रम्पलाई पछ्याइरहेकी छन् । उनले अहिलेसम्म दुई सय १५ इलेक्टोरल मत प्राप्त गरेकी छन् । उनका लागि विजयी बन्न अब ५५ इलेक्टोरल मतको आवश्यक छ ।

मत सर्वेक्षणहरुले देखाएको भन्दै ट्रम्पको प्रदर्शन निकै राम्रो देखिएको छ । ट्रम्प आफ्नो टिमका साथमा चुनाव अभियान मुख्यालयमा बसेर नजिता हेरिरहेका छन् । ट्रम्पको साथमा रनिङ मेट माइक पेन्स पनि छन् ।  र, चुनावी परिणामलाई लिएर ट्रम्प उत्साही देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.