अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प

एजेन्सीः रिपब्लिनक पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपति भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी जनाए अनुसार ट्रम्पले दुई सय ७६ इलेक्टोरल मत प्राप्त गरी नयाँ राष्ट्रपति चयन भएका हुन् । अमेरिकामा राष्ट्रपति बन्न दुई सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ ।

पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले भने दुई सय १८ इलेक्टोरल मत पाएकी छन् । यसअघि अमेरिकामा गरिएका विभिन्न सर्वेक्षण अनुसार डेमोक्रेटिक उम्मेद्वार क्लिन्टन राष्ट्रपति बन्ने निष्कर्ष निकालिएको थियो ।

क्लिन्टन विदेशमन्त्री हुँदा आफ्नो निजी इमेल प्रयाग गरी संवेदनशिल सन्देश पठाएको आरोप लागेको थियो । यो इमेल काण्डमा अमेरिकी संघीय अनुसन्धान एजेन्सीले क्लिन्टन दोषी नरहेको निष्र्कका निकालेपछि उनका पक्षमा जनमत आउने आकलन गरिएको थियो ।

पहिलेको सर्वेक्षणभन्दा अहिले मत परिणाम भने फरक देखिएको छ ।

अमेरिकाको ४५ राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प को हुन् ?

रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । निर्वाचन अघि सार्वजनिक भएका सर्वेक्षण विपरित ट्रम्प निर्वाचित भएका हुन् ।

३० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय पूर्वविदेशमन्त्री समेत बनिसकेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्न्टिनलाई पछि पार्दै अमेरिकी अर्बपति व्यापारी ट्रम राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।


नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ मा भएको हो । ट्रम्प अमेरिकाका नामी अर्बपति हुन्। ट्रम्पले २००६ मा पहिलो पटक आफ्नै भोड्का बजारमा ल्याएका थिए । सन्काह स्वभावका ट्रम्पले २०११ मा भोड्काको व्यापार बन्द गरेका थिए ।

ट्रम्प अमेरिकाको नाममा बोर्ड गेम भएका पहिलो राष्ट्रपति हुन् । उनको व्यापारमा मनोपली छ । फोर्स म्यागजिनका अनुसार अमेरिकाको सर्वाधिक धनीको सूचीमा ट्रम्प १५६ औ स्थानमा छन् भने संसारकै धनी मध्ये ट्रम्प ३२४ औँ व्यक्ति हुन् । फोर्सले यसै वर्ष सार्वजनिक गरेको विवरण अनुसार ट्रम्पको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.