प्रचण्ड सरकार गिराउने कुनै योजना छैनः ओली

प्रचण्ड सरकार गिराउने कुनै योजना छैनः ओली

सुदूरपश्चिममा सबै कुरा अन्तिमा आउँछन् । चार विकासक्षेत्रमा सरकारी लगानीको मेडिकल कलेज बने । तर, सुदूरपश्चिममा घोषणा भएर पनि अहिलेसम्म कलेजको जगसमेत खनिएको छैन । चार विकासक्षेत्रमा क्षेत्रीय अस्पताल, विश्वविद्यालय छन्, सुदूरपश्चिममा भने क्षेत्रीय अस्पताल पनि छैन । भएको विश्वविद्यालय पनि भर्खर बामे सर्दै छ ।

अन्य विकासक्षेत्रमा व्यापारिक हिसाबले उत्तरदक्षिण नाका खोलिएका छन् । सुदूरपश्चिममा भएको बनबसा बैराज दिनमा तीनपटक मात्रै खुल्छ । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला घोषणा भएका सातवटा उत्तरी नाकामध्ये सुदूरपश्चिममा एक पनि परेन ।

यिनै सेरोफेरोमा रहेर धनगढी पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अन्नपूर्णका कैलाली संवाददाता शिवराज भट्टले गरेको कुराकानीको संक्षेपः

हरेक कुरामा सुदूरपश्चिमको पालो किन अन्त्यमा मात्र आउँछ ?

तपाईंले भनेको कुरा सत्य हो । सुदूरपश्चिममा पहिला त कुनै कुरा आउँदैन, आए पनि हरेक कुरा अन्त्यमा मात्र आउँछ । तर, सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो । सेती, महाकाली र कर्णाली नदीको स्रोत, जैविक विविधता, जडीबुटीको प्रचुर सम्भावना रहेको क्षेत्र यही हो ।

हिजोको कुरा गर्ने हो भने यो क्षेत्र त्यतिबेलाको राजधानी हो । डोटी राज्य नै थियो । हरेक क्षेत्रको विकासका लागि शासकको स्वार्थ जोडिनुपर्दो रहेछ । मेरो विचारमा हिजो यस क्षेत्रमा शासकको स्वार्थ जोडिएन होला, त्यसैले यहाँको समानुपातिक विकास भएन ।

तर, आशालाग्दो कुरा के हो भने पहिला एसिया विकसित थियो, त्यसपछि युरोपले फड्को मार्‍यो, अहिले फेरि एसिया अगाडि बढिरहेको छ । कुनै बेला, अरू ठाउँमा विकास भयो, अब पालो सुदूरपश्चिमको हो । यहाँको सम्भावना दोहन गर्ने हो भने सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ सबैभन्दा समृद्ध हुन्छ ।

तपाईंकै पालामा उत्तरका सातवटा नाका खोलिए, सुदूरपश्चिममा भने एउटा पनि परेन नि ?

सडकको ट्र्याक खुलेको छैन, पूर्वाधार बनेका छैनन् । यस्तो अवस्थामा नाका खोलेर के गर्नुहुन्छ ? मेरो प्राथमिकतामा सुदूरपश्चिम नै थियो । नाका घोषणा गर्नु ठूलो कुरा होइन, त्यहाँ जाने सडक र अन्य पूर्वाधारको विकास पहिला हुनुपर्‍यो । त्यसका लागि मैले सेती लोकमार्ग, जसले बझाङको चैनपुर हुँदै ताक्लाकोटलाई जोड्छ । त्यसमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छु । अर्को दार्चुलाको खलंगा तिंकर सडकमा बजेट आएको छु ।यी दुवै सडकलाई ट्र्याक खोल्ने मात्रै होइन, डबल लेनको बनाउनुपर्छ भनेर बजेट आएको छ ।

कुनै बेला, अरू ठाउँमा विकास भयो, अब पालो सुदूरपश्चिमको हो । यहाँको सम्भावना दोहन गर्ने हो भने सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ सबैभन्दा समृद्ध हुन्छ ।
यो सरकार न विकास गर्न सक्छ, न यसमा विकास गर्ने मान्छे नै छन् । यो सरकार अरूको चाहनामा बनेको हो । यसको प्रायोजक अरु नै छ । अनि के गर्ने ?
विकासै गर्नु थियो भने यसअघिको सरकार गिराउनै पर्दैनथ्यो । त्यो सरकार देशभक्त थियो । विकासप्रेमी मात्रै होइन, विकास अघि बढाउने नायक सरकार थियो ।
सेती लोकमार्ग र महाकाली कोरिडोरको ट्र्याक खुल्दै छ । नाका घोषणा तुरुन्तै भइहाल्छ । त्यहाँ दुई लेनको कालोपत्रे हुन्छ ।

पूर्वाधार बनेपछि नाका खोल्न कुनै समस्या हुँदैन । सम्माननीय राष्ट्रपतिज्यूले एक हप्ताभित्रै बझाङको चैनपुर–ताक्लाकोट नाकाको निरीक्षण गर्दै हुनुहुन्छ । नाका सञ्चालनमा ल्याउने हो भने यसले सुदूरपश्चिमको तिब्बतसँगको व्यापारसमेत बढ्छ । हुम्लाको हिल्सामा हामीले पुल बनाउने भनेका छौं ।

अन्य चारवटै विकासक्षेत्रमा मेडिकल कलेज छन्, सुदूरपश्चिममा भने धेरै पछि मात्र घोषणा त भयो । तर, त्यसको जगसमेत खनिएको छैन । चारवटै विकासक्षेत्रमा क्षेत्रीय अस्पताल छन्, यहाँ छैन ? सुदूरपश्चिमलाई उपेक्षा गरिएकै त हो नि ?

मैले अघि पनि भनेँ, पहिलेका शासकको सुदूरपश्चिमप्रति स्वार्थ गाँसिएन र यो क्षेत्र प्राथमिकतामा परेन, । त्यो त्यतिबेलाको कुरा हो । अब त्यस्तो हुँदैन र छैन पनि । मेडिकल कलेजका लागि उपचार गर्ने मान्छेहरू, सोहीअनुसारको जनसंख्या एवं सुविधासम्पन्न अस्पताल हुनुपर्छ ।

तराईका मान्छे उपचारका लागि दक्षिणमा भारत जान्छन, तर पहाडतिर त उक्लिँदैनन् । त्यसैले अहिले गेटामा मेडिकल कलेज खुलेको छ । मेरै नेतृत्वको सरकारले यस वर्ष ५५ करोड रकम विनियोजन गरेको छ । यसपटक मेडिकल कलेज पूर्वाधारको काम सुरु हुन्छ । साथै, यस क्षेत्रमा प्रान्तीय अस्पताल पनि बन्छ ।

जनताले विकास र समृद्धि चाहेका छन् । तर, तपार्इंहरू कहिले संविधान संशोधन भन्नुहुन्छ, कहिले सरकार फेर्नमै व्यस्त हुनुहुन्छ ?

तपाईंको कुरासँग म सहमत छु । जनताले अवश्य पनि विकास र समृद्धि चाहेका छन् । उनीहरू सरकार परिवर्तन एवं अस्थायी राजनीतिको सिकार भएका छन् । त्यसैले नेकपा एमाले पनि यसरी सरकार परिवर्तनको पक्षमा छैन ।

अहिले हामीले सरकार गिराउनुपर्छ, परिवर्तन गर्नुपर्छ भन्ने कुनै मनसाय र सोच बनाएकै छैनौं । तर, कुरा के हो भने सरकार लामो समय रहिरहनु पनि विकास र स्थायित्व त होइन नि । विकास गर्ने सरकार चाहियो, सरकारमा विकास गर्ने मान्छे चाहियो ।

यो सरकार न विकास गर्न सक्छ, न यसमा विकास गर्ने मान्छे नै छन् । यो सरकार अरूको चाहनामा बनेको हो । यसको प्रायोजक अरु नै छ । अनि के गर्नुहुन्छ ? विकासै गर्नु थियो भने यसअघिको सरकार गिराउनै पर्दैनथ्यो । त्यो सरकार देशभक्त थियो । विकासप्रेमी मात्रै होइन, विकास अघि बढाउने नायक सरकार थियो ।

कुनै क्षेत्रको आर्थिक विकासका लागि त्यसको छिमेकी देशसँगको व्यापार र नाकाको सहजता पनि महत्वपूर्ण हुन्छ । सुदूरपश्चिममा न भारतसँगको स्तरीय नाका छ, न उत्तरी छिमेकी चीनसँगको ?

तपाईंले भनेझैं सेती लोकमार्ग र महाकाली कोरिडोरको ट्र्याक खुल्दै छ । नाका घोषणा तुरुन्तै भइहाल्छ । त्यहाँ दुई लेनको कालोपत्रे हुन्छ । र, प्रदेश नं ७को चीनको स्वशासित क्षेत्र तिब्बतसँग व्यापार बढ्छ । दक्षिणमा पनि महाकालीमा पुल बन्ने कुरा धेरै अगाडि बढिसक्यो । तपाईंलाई थाहै होला, यसअघिको सरकार विकासप्रेमी भयो, विकासको पथमा हिँड्न थाल्यो, अब हाम्रो अस्तित्व मेटिने भयो भनेर त अरू शक्तिहरूले सरकार ढाले । यसअघिको सरकारले राष्ट्रिय स्वाभिमान जोगायो, कसैसँग झुकेन । तर, उक्त सरकारलाई अरूबाट सञ्चालितहरूले टिक्न दिएनन् । काम गर्न दिएनन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.