कटरिनाको अफेयर अम्बानीका छोरासँग !

कटरिनाको अफेयर अम्बानीका छोरासँग !

बलिउड नायिका कटरिना कैफसँग बढदो मित्रताका कारण भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा आकाश चर्चामा छन् । आकाश र कटरिना केही दिनअघि एउटा पार्टीमा सँगै देखिएपछि उनीहरूबीचको सम्बन्धको चर्चा सुरु भएको हो ।

दीपावलीका अवसरमा आयोजना गरिएको पार्टीमा उनीहरू एकसाथ देखिनुका साथै निकै आत्मीयताका साथ प्रस्तुत भएका थिए ।अमिताभ बच्चनले आयोजना गरेको दीपावली पार्टीमा पुगेका उनीहरू त्यहाँबाट एउटै कार चढेर अनिल कपुरको दीपावली पार्टीमा पुगेका थिए ।

कटरिनाको एकपछि अर्को ब्रेकअप भइरहेका बेला आकाशसँगको निकटताले उनीहरूबीच 'अफेयर' सुरु भएको अनुमान गरिएको छ । रणवीर कपुरसँग ब्रेकअपपछि 'सिंगल' रहेकी कटरिना र आकाश उपस्थित पार्टीमा रणवीर पनि उपस्थित थिए । कटरिना अम्बानीको घरमा आयोजना हुने पार्टीमा बारम्बार पुग्ने गरेको बताइएको छ ।

आकाशको जीवनशैली

भारतका सफल उद्योगपति मुकेश अम्बानीका छोरा आकाशलाई सामान्य मानिसले जस्तै जीवनसूत्र सिकाउन उनकी आमा नीता अम्बानीले हरसम्भव प्रयास गरेको बताएकी छन् । उनले स्कुले जीवनमा प्रत्येक शुक्रबार पाँच रुपैयाँ दिने गरेको खुलासा गरेकी छन्, जुन पैसा उनले स्कुलको क्यान्टिनमा खर्च गर्थे ।

नीताले उनलाई स्कुल जाँदा सार्वजनिक गाडीमा पठाउँथिन् । उनलाई घरबाट बाहिर निस्कने अनुमति पनि हुँदैनथ्यो । हुन त आकाश पहिलादेखि नै कारका सोखिन थिए । उनले अमेरिकाको ब्राउन युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.