बीपीको विदेश नीति

बीपीको विदेश नीति

हालै ९३ वर्षको उमेरमा निधन भएका इजरायलका नवौं राष्ट्रपति सिमोन पेरेस र बीपीको इरालाको व्यक्तिगत जीवन र राजनीतिक विचार धारामा धेरै समानता थियो । त्यसैले होला पेरेस बीपीका प्रशंसक थिए । दुवैको जीवन बाल्यकालदेखि नै संघर्षमय रह्यो । पेरेस युरोपमा जताततै यहूदीविरुद्ध सामाजिक/राजनीतिक क्रियाकलाप बढिरहेका बेला पोल्यान्डमा जन्मेका थिए । सन् १९३४ मा ११ वर्षको उमेरमा उनको परिवार प्यालेस्टाइन स¥यो , जतिखेर इजरायलको स्थापना भइसकेको थिएन ।

बीपी भारतको बनारसमा जन्मिएका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले बीपीका पिताजी कृष्णप्रसादको सर्वस्वहरण गरी देशनिकाला गरे पछि कोइराला परिवार उत्तर भारतको मैदानी भागमा यायावर जीवन बिताउन बाध्य थियो । बीपीको बाल्यकाल/ किशोरावस्था त्यस्तै वातावरणमा बित्यो ।
एकातिर महात्मा गान्धीको नेतृत्वमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनको प्रभाव, अर्कोतिर आफ्नै परिवारले भोग्नुपरेको कष्ट । बीपीको मनमा राजनीति स्वभावतः आउने नै भयो । बीपीले क्यान्सरसित जुध्दै सन् १९८२ मा ६८ वर्षको उमेरमा देहत्याग गरे ।

jayraj acharya

पेरेस ९३ वर्ष बाँचे र इजरायलको राजनीतिमा ७० वर्ष सक्रिय रहे । सन् १९५९ मा नेपालमा भएको प्रथम आमनिर्वाचनमा बीपी निर्वाचित भई प्रधानमन्त्री बने, त्यही वर्ष पेरेस पनि इजरायलको संसद् नेसेटमा निर्वाचित भए । पेरेस इजरायलको स्थापना र अस्तित्वको राजनीतिमा आजीवन सक्रिय रहे भने बीपी नेपालमा प्रजातन्त्रको स्थापना र अस्तित्वका लागि ।

मैंले पेरेसलाई सन् १९९४ मा संयुक्त राष्ट्रसंघ न्यूयोर्कमा भेटेको थिएँ । उनलाई भनें, ‘ सन् १९८२ मा बीपीको इरालाको देहावसान हुँदा तपाईंले पठाउनुभएको शोक सन्देश मैंले अनुवाद गरेको थिएँ ।’ त्यो सुनेर उनले भने , ‘ त्यसो भए तपाईं नेपालको मानिस हुनुहुन्छ ।’ मैंले ‘ हो ’ भने पछि उनले भने , ‘ बीपी एक महान् व्यक्तित्व हुनुहुन्थ्यो ।’ हाम्रो कुराकानी हुँदा बीपीको देहावसान भएको १२ वर्ष भइसकेको थियो तर बीपी हामी दुवैको मनमा उच्च आदरका साथ रहेका थिए ।

बीपी कोइराला नेपाललाई साँच्चै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश मानेर चलेका थिए ।

 

सन् १९६० मा नेपाल–इजरायल दौत्य सम्बन्ध सामान्य अवस्थामा स्थापित भएको थिएन । सन् १९४८ मा स्थापित इजरायल राज्य सन् १९६० मा जम्मा १२ वर्षको थियो र विश्व समुदायसामु स्वतन्त्र अस्तित्व स्वीकृति र पहिचानको चुनौतीमा थियो । भारत र चीनले त सन् १९९२ मा मात्रै स्वतन्त्र राष्ट्र स्वीकारेर दौत्य सम्बन्ध स्थापना गरे । नेपालले स्वतन्त्र अस्तित्व स्वीकारे र दौत्य सम्बन्ध स्थापना गर्नु इजरायललाई ठूलो महत्वको विषय थियो । त्यसयताका करीब तीन दशकसम्म दक्षिण एसियामा नेपालमा मात्रै इजरायली दूतावास थियो ।

राणा शासनको एक शताब्दीसम्म विश्व समुदायबाट पृथक् रहेको नेपाल सन् १९५१ मा प्रजातन्त्र स्थापनापछि स्वतन्त्र पहिचानलाई विश्व समुदायमा प्रक्षेपण गर्ने क्रममा बढिरहेको थियो । सन् १९५५ को वाङडुङ सम्मेलनमा भाग लिनु, त्यसै वर्ष चीनसित कूटनीतिक सम्बन्ध स्थापना गर्नु, राष्ट्रसंघको सदस्यता लिनु आदि काम त्यसैका कडी थिए । दुई हजार वर्षदेखि स्वतन्त्र रहेको नेपाल कहिल्यै कसैको उपनिवेश थिएन । तथापि, राणाशासन कालको पृथकतावादी परराष्ट्र नीतिले गर्दा नेपाललाई विश्व समुदायका धेरैले चिन्दैनथे र प्रजातन्त्र स्थापनापछि कूटनीतिक सम्बन्ध विस्तार गर्दै थियो ।

कूटनीतिक सम्बन्ध राख्ने निर्णय गर्दा बीपीले साँच्चै स्वतन्त्र देश नेपालको प्रधानमन्त्रीजस्तो व्यवहार गरेको देखियो । तर , त्यो निर्णय भारतका प्रधानमन्त्री नेहरूलाई मन परेन । शायद नेहरू नेपालले भुटानले झैं भारतको संरक्षित देशजस्तो व्यवहार गरोस् र कोइराला आफ्नो निर्देशन अनुसार चलुन् भन्ने चाहन्थे ।

त्यसविपरीत बीपीले चीनको भ्रमण गरे । अनि, चीनसित समानस्तर का देशहरूबीच हुने शान्ति तथा मैत्री सन्धि गरे , जुन सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिभन्दा फरक थियो । नेहरू राष्ट्रसंघमा जाँदा उनलाई न्यूयोर्क विमानस्थलमा स्वागत गर्न भारतका विदेशमन्त्री कृष्ण मेननले गरेको आग्रह बीपी नमानेको कुरा ने हरूको कानमा परेको थियो ।

धेरै कारणले बीपीसित नेहरू रिसाएको कुरा महेन्द्रलाई थाहा थियो र नेहरूबाट उनको काममा विरोध नहुने विश्वास पनि । यही मौका छोपेर महेन्द्रले बीपीमात्र नभई संसद् र प्रजातान्त्रिक व्यवस्थामाथि नै प्रहार गरे , १ पुस ०१७ मा । बीपीले नेपाललाई साँच्चै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देश मानेर चलेझैं प्रजातान्त्रिक समाजवादी विचार राख्ने सिमोन पेरेस इजरायलले सधैं अमेरिकाको सिफारिस अनुसार चल्नुपर्दैन भन्ने मान्थे ।

इजरायलले भारत र चीनलाई सैनिक गुप्तचर विमान र हातहतियार बेच्न लाग्दा अमेरिकाले रोकावट गथ्र्यो । जम्मा ८० लाख जनसंख्या भएको इजरायल स्वस्थ, सुशिक्षित, प्रतिभाशाली, मेहनती र आत्मनिर्भर जनताको देश हो । त्यसो नभई वास्तविक अर्थमा कुनै पनि देश स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न हुँदैन ।

बीपी देशको आन्तरिक स्थिति, देशबाहिरको शीतयुद्ध र भारत–चीन तनावका कारण राजा महेन्द्रको शिकार भए । देश नै शिकार भयो । अहिले संसदीय प्रजातन्त्रको अनुभव तथा बीपीले अख्तियार गरेको साँच्चिकै स्वतन्त्र परराष्ट्र नीतिको अनुभवले हाम्रा अगाडि गम्भीर प्रश्न तेस्र्याएको छ । नेपालले परराष्ट्र नीतिमा कस्तो सोचविचार पुर्‌याउनुपर्छ र कूटनीतिमा कस्तो दक्षता हासिल गर्नुपर्छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.