ठूलो परिमाणको सुनचाँदी बरामद

अमेरिकामा पठाउन लागिएको गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ

अमेरिकामा पठाउन लागिएको गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ
बरामद गहना

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरगहनासहित दुई जना पक्राउ परेका छन् । जुत्ता, पाइन्ट, सारी र अन्य कपडा उल्लेख भएको कार्गो बाकस एक्सरे गर्दा सुन तथा चाँदीको जस्तो देखिने धातुका गरगहना फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

उनका अनुसार सामग्री युनिक कार्गो बौद्धले एपेक्स लजिष्टिकमार्फत काठमाडौँबाट अमेरिका पठाउन लागिएको प्रारम्भिक अनसुन्धानबाट खुलेको छ ।

प्रहरीले एपेक्स लजिस्टिकका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिएको सिलवालले बताए। 

उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको  छ।

के के बरामद भयो गहना

null

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.