सात कारोबार दिनपछि उच्च अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८६ करोडमाथिको कारोबार
काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो साताको सोमबारदेखि सेयर बजार निरन्तर घट्दै आएको थियो।
यसदिन नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको छ। यो १.७० प्रतिशत हो। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको थियो। त्यसअघि सोमबार परिसूचक १६.५४ अंकले घटेको थियो।
आज नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। मंगलबार ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ।
यसदिन ३६२ वटा स्क्रिप्सको ९५ लाख ४७ करोड ६७८ कित्ता सेयर ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँमा खरिदबिक्री भए।
स्नो रिभर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर १४.२२ प्रतिशतले बढ्दा भुजुङ्ग हाइड्रोपावरको १३.९० प्रतिशत र कुथेली बुखारी स्माल हाइड्रोपावरको ९.७३ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्षस्थानमा रह्यो। बैंकको २८ करोड ८४ लाख मूल्य बराबरको कारोबार भयो। रिलायन्स स्पिनिङ्ग मिल्सले १७ करोड ५१ लाखको कारोबार गर्दा आँखु खोला जलविद्युतले १७ करोड २६ लाख ,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १६ करोड बराबरको कारोबार गरे।
कारोबारमा आएकामध्ये २५२ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। ६ वटा समूहको मूल्य स्थिर रह्यो। यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। हाइड्रो र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशत बढिले वृद्धि भए।
प्रतिक्रिया दिनुहोस !