अर्थ समितिले राष्ट्र बैंकलाई भन्यो- मागेको विषयमा स्पष्ट प्रतिवेदन आएन, तथ्यसहित पुनः उपलब्ध गराउनू

अर्थ समितिले राष्ट्र बैंकलाई भन्यो-  मागेको विषयमा स्पष्ट प्रतिवेदन आएन,  तथ्यसहित पुनः उपलब्ध गराउनू

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले तथ्य तथ्यांक सहितका संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

समितिको यही असार ५ गते बसेको बैठकले तथ्य र तथ्यांक सहितको प्रतिवेदन पेश गर्न बैंकलाई निर्देशन दिएको थियो। तर निर्देशन बमोजिम अपेक्षित विषय उल्लेख नै नगरि प्रतिवेदन प्राप्त भएकाले यसअघिको निर्देशन बमोजिम माग गरिएका विषय स्पष्ट खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले बताए।  

बैठकमा समिति सदस्यहरूले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण भएकाले पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए। बैठकले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरू छलफल गर्ने निर्णय समेत गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.