अब स्ट्न्याड अप कमेडी
हास्य–टेलिसिरियल ‘मेरी बास्सै’ मा इन्स्पेक्टर थापाको रूपमा देखिएका सुजीत थापा नेपाली हास्य–शृंखलाका अनेक चरित्रमा देखिइसके । उनलाई दर्शकले ‘भद्रगो ल ’मा ‘माने ’को रूपमा देखे ,‘हाकाहाकी ’मा ‘डेभिड र ‘जिते ’ देखे ।
युट्युबमा अपलोड हुने हास्य–शृंखला ‘हाउ फन्नी ’मा ‘सुजीत पार्टी ’ र ‘तिजो रिलाल ’ भन्ने चरित्रमा देखिइरहेका छन् । ‘चरित्रअनुसार मन पराउने श्रोताको वर्ग हुँदो रहेछ, ’ सुजीत भन्छन्, ‘डेभिड युवाहरूले मन पराएको पाउँछु ।
जिते गाउँघर काले बढी याद गर्छन् । ’‘हाकाहाकी’को मुख्य सहायक निर्देशक सुजीतले युट्युब हास्य शृंखला ‘हाउ फन्नी’का निर्देशक हुन् । उनी अहिले ‘स्ट्न्याड अप कमेडी ’को तयारी गरिरहेका छन् ।
उनी भन्छन्, ‘नेपालमा स्ट्यान्ड अप कमेडी नभइरहेकाले यसमा दर्शकको स्वाद बसाउन सकिन्छ भन्ने लागेको छ । ’ स्टेज र युट्युबमा भने उनी ‘डिट्ठा साब ’ हास्य–शृंखलाको नारायण बाजे अर्थात राजु कमेडीसँग जोडी बनाएर काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !