प्रेम लेख्न झन् कठिन
सुविन भट्टराई, युवा कलाकार
तपाईंको तेस्रो उपन्यास ‘मनसुन ’माथि पाठकले गरेको घतलाग्दो टिप्पणी के हो ?
पाठकले ‘सिक्वेल ’ माग गर्न थाल्नुभएको छ । पाठकलाई लाग्दो र हेछ– आफूलाई छुने कथा धारावाहिक रूपमा आइरहोस् । सबैभन्दा घतलाग्दो टिप्पणी नै यही हो । लागिरहेको छ, पाठकहरू कथावस्तु र पात्रसित घुलमिल हुनुभएको छ ।
लेखनमा प्रेम विषय छनोट बाध्यता हो कि रहर ?
रहरै पो हो । प्रेमजस्तो विषयमा लेख्नु बाध्यता किन पो होला र ? प्रेम लेख्दा धेरै नै ‘फिल ’ गरेर लेख्छु । लेखेजस्तो या काम गरेजस्तो भन्दा पनि ‘इन्जोय ’ गरेजस्तो लाग्छ मलाई त ।
प्रेम गर्न सजिलो कि प्रेमबारे लेख्न ?
कसैको प्रेम पाउनु पनि गाह्रो कुरा हो । लेखे र कसैको मनमा ठाउँ बनाउनु पनि गाह्रो । प्रेमसम्बन्धी लेख्नु, अझ त्यो पनि पाठकको मन छुने गरी लेख्नु ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ । अनि कसै लाई प्रेम गर्न र ऊबाट उत्तिकै प्रेम पाउन पुरै जीवन खर्चिँदा पनि पुग्दै न । दुवै आफ्नो ठाउँमा जटिल छन् ।
आफैंले लेखेका पुस्तकले सुबिनलाई बचाउने दिन आएको हो ?
पुस्तकले राम्रो प्रतिक्रिया र बजार पाएको छ । अनुभवको दायरा पनि फराकिलो हुँदै छ । पाठक विस्तार भइरहेका छन् । धेरै दिएको छ ले खनले र अझै धेरै पाउने आशा पनि छ । धेरै पर पुग्नुपर्छ जस्तो लागिरहे छ ।
किताबबाट भएको कमाइ भन्न मिल्छ ?
ओ हो ! तथ्यांक नै सार्वजनिक चाहिँ नगरी हालै । दुई छाक खान, घुम्न–डुल्न, गाडी चढ्न सक्नेसम्म चाहिँ बनाएको छ ।
‘मनसुन ’सम्म आउँदा सुबिनले आफूभित्रको लेखकलाई गरेको मूल ‘कमेन्ट ’ के हो ?
मैंले प्रेम मात्र लेखेँ । प्रेम सँगसँगै युवाका अरु समस्यालाई पनि सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ, जुन आगामी दिनहरूमा गर्ने जमर्को गर्ने छु । लेखाइ अझ परिष्कृत हुनुपर्छ जस्तो पनि लाग्छ । पुगेन, अझै राम्रो हुनुपर्छ भन्ने सधैँ भइरहन्छ । यी कुराहरू नै आफूलाई गर्नुपर्ने मुख्य कमेन्ट हो ।
प्रतिक्रिया दिनुहोस !