यस्तो छ आईजीपी हटाउने खेल

यस्तो छ आईजीपी हटाउने खेल

काठमाडौं: प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा एआईजी राजेन्द्रसिंह भण्डारी वा सुरेन्द्रबहादुर शाहमध्ये एकलाई आईजीपी बनाउने समझदारी बनेको स्रोतको दाबी छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समझदारी बने पनि सत्ता गठबन्धनका अन्य दलमा भने अर्याललाई हटाउने सहमति भइनसकेको स्रोतले बताएको छ । नियमावली संशोधनमार्फत आईजीपीको पदावधि घटाई तीनबर्से बनाउन गृहकार्य थालिएको छ ।

आईजीपीको पदावधि तीन वर्ष बनेमा अर्यालले मंसिर २ मा अवकाश पाउनेछन् । त्यसपछि एआईजीमध्येबाट एकजनालाई संगठन प्रमुख बनाउन बाटो खुल्नेछ ।

नियमावली संशोधन गरी अर्याललाई हटाएर उनकै ब्याचका एआईजीलाई कायम राखिए त्यसपछिका दुई ब्याच पूरै अवकाशको चरणमा पुग्नेछन् । इन्डोनेसियाको बालीमा सम्पन्न इन्टरपोलको महासभामा भाग लिई शुक्रबार राति स्वदेश फर्किएका आईजीपी अर्यालले यसबारे आफू निकटस्थसँग छलफल गरेका छन् । सरकारबाट यस्तो निर्णय आए अर्याल अदालत गुहार्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले अर्याललाई हटाउने मनस्थिति बनाए पनि उनकै पार्टीका वरिष्ठ मन्त्री जनार्दन शर्माले रुकुमकै एआईजी सुरेन्द्रबहादुर शाहलाई आईजीपी बनाए मात्रै अर्याल हटाउन सहमत हुने बताएको स्रोतको दाबी छ । देउवा भने एआईजी भण्डारीलाई आईजीपी बनाउनुपर्ने अडानमा छन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरीको ३० बर्से सेवा अवधि हटाउन खोज्दा आईजीपीका आकांक्षी एआईजीले नहटाउन दबाब दिएका थिए ।

३० बर्से सेवा अवधि हटाएर आफूखुसी प्रहरी प्रमुख बनाउने खेल भने यो पहिलो होइन । यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा रत्नशमशेर राणालाई आईजीपीबाट हटाएर मोतीलाल बोहोरालाई ३० बर्से प्रावधानअनुसार आईजीपी बनाएका थिए । बोहोराको आईजीपी म्याद थप्न पुनः सेवाअवधि ३२ बर्से बनाइएको थियो ।

प्रहरी मुख्यालयका एक डीआईजी भन्छन्, 'आईजीपी हटाउने खेल भइरहेको साँचो हो तर राजनीतिक दलले आफ्नो मनमर्जीमा प्रहरी संगठनको गरिमामा आँच आउने गरी प्रहरीलाई प्रयोगको वस्तु बनाउनु राम्रो होइन । यसले संगठनमा दूरगामी असर गर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.